धरान । केही दिन अघि धरान उपमहानगरपालिकाका एक कार्यपालिका सदस्यले मेयर र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु बिचको द्वन्द निराकरणमा उपमेयरको भुमिका नदेखिएको भन्दै सामाजिक संजालमा विषय उठान गरे पछि उपमेयरको भुमिका माथि स्थानीयले पनि प्रश्न गर्न थालेका छन् । 

धरान वडा नम्बर ७ का स्थानीय ठाकुर बहादुर कार्कीले आफ्नो सामाजिक संजाल मार्फत ‘ उपमेयर ज्युले नगर प्रमुख र दलका कार्यपालिकाका सदस्यहरुलाई एक ढिक्का बनाएर धरानलाई सफल बनाउन अब तपाई भन्दा अरु कोहि बाट हुन्छ भन्ने कुरा दिवा स्वप्न नै हुनेछ धरान बासीका लागि’ उपमेयरलाई इंकित गर्दै लेखेका छन् ।

उनले लेखेका छन्, ‘अब धरानलाई सफल बनाउनका लागि तपाइले अग्रभुमिका खेल्नु पर्दछ र खेल्नु हुन्छ भन्ने विश्वासका साथ तपाईलाई मेरो आग्रह पनि रहेको छ ।’

उनले ‘राजनितिमा चाहे दल अथवा स्वतन्त्र बाटनै गरेता पनि राजनिति नै हो, त्यसमा मुख्य कुरा भनेको सेवा नै हो, सेवा नै सहज नहुने अवश्था हामीले देखिरहे पछि राजनितिक सेफ ल्यान्डिङ भन्दा पनि इतिहास रचेर सफल बनाउन लाग्दा सधै आफु पनि सफल हुन्छ भन्ने मेरो बुझाई अनुसार आग्रह अनुरोध गर्दछु’ लेखेका छन् । आवश्यक सहयोग गर्न तयारी रहेको समेत उनले बताएका छन् ।

उनले धरान कार्यपालिकाले निर्णय गरेको प्रवक्ताको नै अर्थ नभएको अवश्थामा कार्यपालिकामा दलका नेताको अर्थ हुने कुरै नदेखिएको भनेका छन् । कार्यपालिका सदस्यहरु र प्रमुख बिच दिगो खालको सहमती समन्वय भएर धरानलाई सफल बनाउने धारणा राखेका छन् ।