इलाम / इलामको सुर्योदय नगरपालिका १० फिक्कलमा घर बनाउने क्रममा पुरिएर ४ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

शुक्रबार  ४ः४५ बजेको समयमा घरको जग खन्दै गर्दा ढिस्को झरेर पुरिएका ४ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  ।

मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् ।  प्रहरीका  अनुसार  अनुसार मृत्यु हुनेमा बिहार राज्य किसन गञ्ज जिल्ला डिगलबैंक निवासी अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र मैजफर आलम रहेको प्रहरीको भनाई छ ।  फिक्कलका बिनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खस्दा उनीहरू पुरिएका थिए