धरान / बराहक्षेत्र नगरपालिका वडा नं. १ चावचा गाउँमा कोकाहा खानेपानी परियोजनामा काम गर्न गएका कामदारको लापारबाहीका कारण लागी हुदा स्थानीय मोहन दाहालको घर जलेर पूर्ण नष्ट भएको छ ।

विहीबार दिउँसो तीन बजेको समयमा खाना पकाएर  आगो निभाइ जाँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको मोहन दाहालकी बुहारी गंगा कार्की दाहालले बताइन् ।

उनका अनुसार श्रमदान धरानबाट कोकाहा खानेपानीका लागि श्रमदानमा गएकाहरु त्यही घरमा खाने, सुत्ने र दिउँसो काममा जाने गर्थे ।

तर विहीबार भने खाना खाइसकेपछि आगो ननिभाईकन जादा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । उनले भनिन्–‘ हाम्रो घरबाट अलि पर बर्खामा बस्नका लागि बनाएको घर हो । कोेका खानेपानी आयोजनाको कामदारहरु घरमा बस्थे, बसेर काम गर्दै गर्दा दिउसो  तीनबजेतिर उनीहरुले खाना पकाएर हिड्नु भएछ,

आगो ननिभाई त्यतिकै छोड्दिनु भएछ । आगो ननिभभाएका कारण छेउमा भएको त्रिपाल सल्किएछ त्यहीबाट घरमा आगलागी भएछ ।’  

आगलागीबाट ५/ ७ लाख रुपैया बराबरको क्षति भएको बताउदै  खानेपानी अभियानका कार्यकर्ताले क्षतिपूर्ति दिने भनिएता पनि आफूहरुले भने घर नै बनाइदिन  माग गरेको उनको भनाई छ ।