धरान /  धरान उपमहानगरपालिका वडा न. २० सानो खैरमा शंकास्पद वस्तु फेला परेको छ । 

विष्णुपादुका बजारदेखि १३ किमी उत्तरमा रहेको सो स्थानमा सिलण्डिरजस्तो देखिने शंकास्पद बस्तु फेला परेपछि विष्णु पादुका प्रहरी चौकीबाट प्रहरी त्यस स्थानमा पुगेको धरान  उपमहानगरपालिका वडा नंं. २० का वडाध्यक्ष पदमबहादुर लिम्बुले जानकारी दिएका छन् 

sankaspat-bastu-pic-1

झाडीमा फालिएको अवस्थामा सिलिण्डर जस्तो उक्त शंकास्पद वस्तु फेला परेपछि अहिले विष्णु पादुका चौकीका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर राईको टोली घट्ना स्थानमा पुगेर सो स्थानलाई सुरक्षित बनाएको वडाध्यक्ष लिम्बुले जानकारी दिए । यस विषयमा विस्तुत जानकारी भने आउन बाँकी रहेको उनले बताए ।

सहायक प्रहरी निरीषक राइका अनुसार शंकास्पद वस्तुको डिस्फोजका लागि पूर्वी पृतना मुख्यालयका डिस्पोजल टोली सो स्थानमा पुगिसकेको बताए ।