धरान /  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारको विरोध गर्दै साता व्यापाी आन्दोलनको घोषणा गरेको नेपाल पत्रकार महासंघ सुनसरीले धरानमा सोमबार शान्तिपूर्ण विरोधर्‍याली निकालेको छ ।

patrakar-andolan-pic.-2

नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाई महासंघसँग आवद्ध पत्रकार, पूर्व अध्यक्षहरुसम्मिलित र्‍याल धरान २ भानुचौकबाट नयाँ बजार हुदै धरान उपमहानगरपालिकाको गेट अगाडि पुगेर सम्पन्न भएको थियो ।

346104787_231293149537962_1787467405148618536_n

प्रेस स्वतन्त्रताको खिलापमा मेयर साम्पाङले उनको फेसकबुक पेज ‘हर्क साम्पाङ ए रेभुलेसन’ मार्फत पत्रकारमाथि अनर्गन शब्द प्रयोग गरी प्रहार गरेकोले स्थानीय सरकारबाटै सञ्चारकर्मी असुरक्षित भएपछि चरणवद्ध आन्दोलनमा उत्रिएको महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए ।

346102852_1263733240894432_9114744461498675895_n

उनले भने–‘यो आन्दोलन हाम्रो चौथो दिन हो, भोलि हाम्रो धरानका पूर्व मेयरसँग अन्तरक्रिया कार्यक्रम राखेका छाै, यस भन्दा हामीले मिडियामा प्रेस विज्ञप्ती निकाल्ने, जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालाई ध्यानाकर्षण गराउने, मिडिया र सञ्चारकर्मीको फेसबुक वालमाा प्रेस स्वतन्ता सम्बन्धी लेखन पोष्ट गर्ने  काम सकेर आज शान्ति पूर्ण मौन र्‍यालकिो आयोजना गरेका हौं ।’

346104638_634347644860739_2836350982736075169_n

सो अवसरमा लोकतन्त्रमा प्रेस स्वतन्ता हुनुपर्छ भन्दै राजनीतिक दलहरुले समेत ऐक्यवद्धता जनाएका थिए । नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले लोकतन्त्र वहालीमा प्रेसको ठूलो भूमिका रहेको बताउदै प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताए ।

346107096_631031668542561_9063491840424798893_n

उनले पछिल्लो समय मेयर साम्पाङले सञ्चारकर्मीमाथि प्रेस स्वतन्त्रतामाथि नै आँच आउने गरेको दुव्र्यवहारमा उत्रिएका सञ्चारकर्मीको आन्दोलनलाई ऐक्यवद्धता जनाएको बताए ।

346115870_765074375397031_8294655484414716349_n

यस्तै पूर्व मेयर तिलक राईले प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउदै प्रेसमाथि हुने दमन रोकिनुपर्ने बताए । उनले भने–‘हामी जहिल्यै प्रेस स्वतन्त्रताको पक्षमा छौ, प्रेस स्वतन्त्रता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, सोही अनुरुप हामीले पनि ऐक्यवद्धता जनाएका हौं ।’