विराटनगर/  विराटनगर स्थित ग्रिनक्रस अस्पतालले सर्पदंशका एक विरामीको सफल उपचार गरेको छ । वैशाख ३१ गते गोमन सर्पले डसेर ग्रिनक्रस अस्पतालमा उपचारार्थ भर्ना भएकी ६८ वर्षीया गंगामाया आचार्यको सफल उपचार गरेको हो ।

सुन्दरहरैचा ७ गोठगाउँकी आचार्य अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । आचार्यको श्वासप्रश्वास एवं धड्कनको गति स्थिर नभएको अवस्थामा सो अस्पतालको चिकित्सक समूहको विशेष टोलीले उनको स्वास्थ्य अवस्था गम्भीर ठानी भेन्टिलेटरसहितको सघन उपचार कक्षमा राखेर उपचार शुरू गरेको थियो ।

पाँच दिनसम्मको अथक प्रयास पछि ग्रिनकस अस्पतालले उनलाई बचाउन सफल भएको हो ।

आफन्तहरूले माया मारिसकेकै अवस्थामा अन्तिम आशसहित विरामी आचार्यलाई ग्रिनक्रस अस्पतालमा भर्ना गरेका थिए ।

गोमन सर्पले डसी बेहोस भएकी आचार्यको उपचार सफल भएपछि गंगामायाले। पुनर्जन्म पाएको उनका आफन्तहरूले बताएको अस्पतालका अध्यक्ष कृष्ण खवासले बताए ।