काठमाडौँ /  नक्कली भुटानी शरणार्थी प्रकरणको आरोपित १६ जनालाइ नै जिल्ला अदालत काठमाडौले २ दिन म्याद थप गरेको छ । 

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हिरासतमा रहेका १६ जनाकै म्याद २ दिन थपिएको हो । 

प्रहरीले मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगेको थियो ।

काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदनमार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ ।