उदयपुर/ मंगलबार अविरल वर्षासँगै परेको चट्याङ लागेर कटारीकी एक बालिकाको ज्यान गएको छ । 

मंगलबार विहान हावा हुरी र वर्षासँगै परेको चट्याङले कटारी नगरपालिका १२ चिलाउनेकी १२ वर्षीया निमा तमाङको मृत्यु भएको हो। स्थानीय खड्गबहादुर तामाङको गोठमा ओत लागेर बसेकी निमाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

प्रहरी चौकी बसेरीका प्रहरी सहायक निरीक्षक असई कमाण्ड र इलाका प्रहरी कार्यालय कटारीबाट गएको प्रहरी निरीक्षक  इन्सपेक्टर नेतृत्वको संयुृक्त टोली  घट्नास्थल मंगलबारै पुगेर कानुनी प्रक्रिया बमोजिम सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याएको प्रहरी कार्यलयले जनाएको छ ।