विराटनगर । कोशी नामाकरणको विरोधमा उत्रिएका पहिचानवादी र प्रहरी बिचको झडपले उग्ररुप लिदै गए पछि प्रदेस सभामा तत्काल छलफल गर्न वार्ता समिती गठन गर्न सांसदहरुले माग गरेका छन् ।
कोशी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयलाई सम्बोधन गर्दै सांसदहरुले तत्काल वार्तामा बोलाउन सरकारसँग माग गरेका हुन् । आदिवासी जनजाती सांसदहरुले पहिचानवादी आन्दोलनलाई जबरजस्ती दबाउन नखोज्न माग गर्दै बहुमतको आडमा अल्पमतलाई कदर गर्नु पर्ने माग गरेका छन् ।
प्रदेशसभाको शुन्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा नामकरण पास भए पनि बहुमतको आड्मा अल्पमतको कदर गर्नु पर्ने बताएका छन् । उनले मानिसले बोल्ने अधिकार नपाउने, पहिचान पक्षधरलाई अपराधी जस्तो ठान्ने र जेलमा भए जस्तो हुनुपर्ने बताउदै प्रदेश लाई शान्त बनाउन चाँडै वार्ता बोलाउन पर्ने जोड दिए ।
यस्तै नेपाली काँग्रेसका सांसद खगेनसिंह हांगामले कोशी प्रदेश नाम आएसँगै सडक र सरकारी कार्यलय अस्तव्यस्त रहेको बताए । उनले आफू पनि पहिचानको भूगोल, सभ्यतामा रहेकाले वार्ताको पक्षमा बोलाउन माग राखेका छन । उनले आन्दोलनको क्रममा घाइते भएकालाई सरकार समक्ष उपचारको माग समेत राखेका छन । काँग्रेसका अर्का संसद गोपाल तामाङले प्रदेशको नामकरणको विरोधका कारण परिचयपत्र लुकाएर हिँड्न पर्ने अवस्था आएको बताए । उनले हिजो पनि ठुला ठुला आन्दोलन गरेर आएको दल सदनमा रहेको बताउदै उनले सरकार किन मौन रहेको भन्दै प्रश्न गरे ।
बैठकमा राप्रपाका सांसद गोपाल बहादुर विश्वकर्मा, माओवादी केन्द्रका सासद तारादेवी ढकाल लगायतले आन्दोलन पक्षधरलाई वार्तामामा बोलाउनु पर्नेमा जोड दिएका छन ।