विराटनगर / बिराटनगर ११ स्थित नेपाल बिजनेश कलेजमा अध्ययन गरि पासआउट भएका विविए आठौं सेमेष्टरका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको छ । 

बिबिए सातौं सेमेष्टरका विद्यार्थीहरुले गत शनिबार एक कार्यक्रम आयोजना गरी विविए आठौं सेमेष्टर सकेका विधार्थीहरुलाई विदाई गरेका हुन् ।

 कार्यक्रमको प्रमुख अतिथी कलेजका संस्थापक अध्यक्ष डा. भेष प्रसाद धमलाले विविए अध्ययन पुरा गरेका संम्पुर्ण विद्यार्थीहरुको उज्वल भविष्यको शुभ कामना व्यक्त गरेका थिए । 

कार्यक्रममा विविए आठौं सेमेष्टर अध्ययन पुरा गरेका विद्यार्थीहरुले कलेजसंगको आफ्नो अनुभव समेत सुनाएका थिए । 

कार्यक्रममा विद्यार्थी एलिना थापाले आफ्नो स्कुल देखी कलेज सम्म आइपुग्दाको अनुभव सुनाइन । 

कलेजमा हाल विविए, विआईटी र एमविए. मा गरी ३ सय ४० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन भने यस वर्ष देखि ४ बर्षे विएचएम. कार्यक्रम समेत शुरु गरिएको कलेजले जनाएको छ । 

कलेजमा अध्ययन सकेका करिब ६० प्रतिशत भन्दा बढी विधार्थी विभिन्न बैंक तथा अन्य सघ संस्थामा कार्यरत रहेका छन  

भने केही विधार्थी थप अध्ययनका लागि अमेरीका, वेलायत, क्यानडा जस्ता मुलुकमा गएको कलेजले जनाएको छ ।