धरान /  धरानमा रहेका जीर्ण सडकहरु ध्माधम मर्मत हुन थालेका छन् ।

सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले धरानका विभिन्न स्थानमा सडक स्तरोन्नति हुन थालेको हो

सडक बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ । उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको छ । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक ट्राफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो ।

धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठले धरान उपमहानरपालिकालाई  सडकबोर्डले दिएको १ करोड १५ लाख रुपैया सिलिङ बजेट छुट्याएको बताउदै यसमा ४ वटा बाटो मर्मतका लागि दिएको बताए । उनले काम धमाधम भइरहेको जानकारी दिए ।

धरान उपमहानगरपालिकाका इन्जिनियर किरण भुजेलले आएको बजेटलाई सही सदुपयोग गदै गुणस्तरीय काम गरेको दाबी गरे ।

उपमहानगरपालिकाले बजेटबाट एउटा सडकलाई स्तरोन्नति काम गरेको छ । सडकको गुणस्तरका लागि मर्मतसँगै अनुगमनलाई समेत तिब्रता दिएको भुजेलले जानकारी दिनुभयो ।

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द विक्रम बेघाको संयोजकत्वमा अनुगमन समििित बनेको छ । सो समितिले नियमित अनुगमन गरिरहेको बताइएको छ ।