सुनसरी /  मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

अघिल्लो कारोबार भएको दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार {आज} बढेको हो। 

नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला नौ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो।