धरान/ ब्राम्हण समाज नेपाल धरानले वैद्धिक सनातन धर्ममा चलन चल्तीमा रहेको संगिनी नाच तथा बालन खैजडी भजन लोप हुन लागेको भन्दै संरक्षणका लागि दिएको तालिम शुक्रबारबाट सम्पन्न भएको छ ।

वैवाहिक कार्यक्रम तथा पूजाआजाका समयमा गाइने संगिनी नाच तथा बालन खैजडी भजन संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको ब्राम्हण समाज नेपाल धरान नगर समितिका अध्यक्ष उद्धव अधिकारीले बताए  । 

शुक्रबार धरान ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको सभाहलमा सम्पनन तालिममा ३८ जना महिलाले संगिनीसम्बन्धी तालिम लिएकार थिए भने १४ जना पुरुषले बालन खैजडीसम्बन्धी तालिम लिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

६ दिनसम्म सञ्चालन भएको तालिमको उद्घाटन धरान उपमहानगरपालिका महिला विकास अधिकृत प्रज्ञा निरौलाले गरेकी थिइन् ।

कार्यक्रममा  स्वागत मनतव्य नगर ब्राम्हण महिला समाजकी अध्यक्ष मैया तिम्सिनाले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन ब्राम्हण समाज नेपाल धरान नगर समितिका सचिव कमल प्रसाद भट्टाईले गरेका थिए ।