धरान/ वडागत र बिषयगत क्षेत्रको बजेट सिमा पारित गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । 

श्रोत निर्धारण समितिले बिहिबार पेश गरेको बजेट सिमाको बिषय बिबादित बने पछि स्थगित भएको कार्यपालिकाको बैठक आज पुनः २ बजे देखि शुरु भएको थियो । बैठकले वडागत र बिषयगत क्षेत्रको सिमाको प्रस्ताब पारित गरेको छ ।

बैठकले निर्णय गरे अनुसारको बजेट सिमा आजै सबै वडाहरुमा पठाउने प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए । 

 वडागत तहमा बिनियोजन गरेको सिमा अनुसार वडा नम्बर १ मा ७७ लाख ३४ हजार ५ सय ६९, वडा नम्बर २ मा ६९ लाख १९ हजार २ सय ९३, वडा ३ मा ६८ लाख ७९ हजार १ सय ३, वडा ४ मा १ करोड ११ लाख ३ हजार ४ सय ८३, वडा ५ मा १ करोड १६ लाख १२ हजार ५ सय ५२,

वडा ६ मा १ करोड १० लाख ६७ हजार ७ सय ५९, वडा ७ मा ६६ लाख २१ हजार ३ सय ७९, वडा ८ मा १ करोड ३५ लाख ४० हजार ३ सय ७९, वडा ९ मा ७४ लाख ३९ हजार ८ सय ४५, वडा १० मा ७९ लाख १९ हजार ५ सय ६९, वडा ११ मा १ करोड २६ लाख २४ हजार ९ सय ४८,

वडा १२ मा ७६ लाख ६३ हजार १ सय २१, वडा १३ मा १ करोड ७ लाख ७६ हजार ८ सय ६२, वडा १४ मा ८१ लाख  ४६ हजार ३४, वडा १५ मा १ करोड ९० लाख ८७ हजार ८ सय २८, वडा १६ मा १ करोड १४ लाख २८ हजार ८ सय २८,

वडा १७ मा १ करोड ६२ लाख ९३ हजार ६ सय ९०, वडा १८ मा ८१ लाख ९७ हजार ६९, वडा १९ मा १ करोड ११ लाख १४ हजार ९ सय ६६ र वडा २० मा १ करोड ३८ लाख २८ हजार ७ सय २४ रहेको छ । 

त्यसै गरि आर्थिक वर्ष २०८०/८१ लागि धरान उपमहानगरपालिकाले १ अरब ७१ करोडको बजेट प्रक्षेपण गरेको छ ।

श्रोत बाडफाड समितिले वन तथा वातावरण तथा बिपद ब्यवस्थापनमा १ करोड ५० लाख, आर्थिक बिकाश तर्फ ६९ लाख ५० हजार, सामाजिक बिकाश तर्फ ४ करोड ४१ लाख, सुशासन तथा संस्थागत बिकाशमा १ करोड २० लाख ५० हजार र पुर्वाधार बिकाशमा ३६ करोड ४७ लाख ५० हजार बिनियोजन गरेको छ । 

त्यसै गरि अन्य शीर्षकमा ६७ करोड ६६ लाख ५० हजार, वडागत बजेट २१ करोड गरि जम्मा क्षेत्रगत बिनियोजन आन्तरिक तर्फ १ अरब ११ करोड ५० लाख रहेको छ भने सशर्त अनुदान तर्फको बिनियोजन ५९ करोड ५० लाख रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को नगरसभा असार १० गते धरान १० स्थित सैनिक भवनको सभाहलमा दिनको १ बजे देखि हुने भएको छ ।