धरान इटहरी को सिमा मिलाउन २०७५ सालमा भएको थियो पहिलो औपचारिक पहल । ( प्रमाण सहित )
- २०७५ साल साउन १५ गते (५ बर्ष अगाडि )धरान र इटहरीको सिमाना को टुङो लगाउन तत्कालिन कार्यबाहक मेयर मन्जु भन्डारीले पहल सुरु गर्नु भएको थियो । इटहरीका नगर प्रमुख द्वारिकलाल चौधरी ,उपमेयर लक्ष्मी गौतम सहित धरान आउनु भएको थियो ।
त्यसबेला आ आफ्नो सिमा कायम गर्ने प्रस्ताव धरानको तर्फबाट कार्यबाहक मेयर ले राख्नु भएको थियो । त्यसमा इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले अहिले राजनितिक तथा प्रसासनिक हिसाबले धेरै कुरा मिलाउनु पर्ने हुन्छ । यसका लागि पनि थप अद्ययन गर्ने र आबश्यक परे दुइपक्षकै तर्फबाट बिज्ञा राखेर समिती बनाउने र त्यसको प्रतिबेदन अनुसार सिमा बिबाद समाधान गर्ने सहमति भएको थियो ।
तत्कालीन कार्यबाहक मेयर भएकै अबस्थामा मन्जु भन्डारीले केन्द्रिय सरकार र प्रदेश सरकार सङ सिमाना को समस्या समाधान गर्न आबस्यक सहयोग गर्न ध्यानाकर्षण गराउनु भएको थियो । नगरपालिकामा लिखित दस्तावेज सुरक्षीत नै होलान ,मेयर साब ले अध्ययन गर्नु भए हुन्छ । पछि उप निर्वाचन मा नेपाली काङ्ग्रेसका तिलक राई मेयर भएर आए पछि यो बिषयमा उहाले चासो दिनु भएन ।
गाउँ घरमा या टोल छिमेकमा एक फिट सिमाना तलमाथि भयो भने वडाले स्थानीय बुद्दिजिबी ,सरकारी प्राबिधिक राखेर नापजाँच गरेर दुबै पक्षलाई खुसी बनाएर समस्या समाधान गर्ने सुन्दर पक्ष हामी सङै छ । यहाँ त दुई सरकार बिचको सिमानाको कुरा हो हचुवाको भरमा दादागिरी शैलीमा गरिएका क्रियाकलापले झन समस्या पैदा गर्छ । अहिले धरानको बजेट सबै आफू केन्द्रित गर्ने योजनामा हुनुहुन्छ । सिमाना चलाएर फेरि दलहरुलाइ आफ्ना समर्थक बाट गाली गराउने र बजेट पास गराउन ध्यान केन्दित गर्नु भएको हो भने यस्तो कच्चा कार्य नगर्नुहोस् । यदि सिमानाको समस्या समाधाननै गर्ने हो भने पहिले भएको सहमतिलाई आधार बनाएर राजनैतिक दलका प्रतिनिधि सहित इटहरीका मेयर सङ औपचारिक सम्बाद गर्नुस् ।

Screenshot_20230705_071304_Chrome

हेर्नुहोस यो समाचार https://pradeshportal.com/news/315
(योगेशबाबू काफ्लेको फेसबुक बाट )