विराटनगर ।मन्त्री बनाउने सवालमा आफूलाई अन्याय भएको बताउदै कोशी प्रदेशका संसद नारायण बुर्जा मगरले राजीनामा दिने बताएका छन् ।माओवादीका तर्फबाट उदयपुर क्षेत्र नम्बर २ (क) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित नारायण बुर्जा मगरले आइतबार सामाजिक सञ्जाल मार्फत आफु र आफ्ना मतदातालाई अनयाय भएको भन्दै मतदातासँग राय लिएर राजिनामा दिने सोच बनाएको उल्लेख गरेका छन् ।

कोशी प्रदेशको सरकार गठनको किचलो सत्तारुढ गठबन्धनमा देखिएका बेला नेकपा माओवादी केन्द्रभित्र समेत असन्तुष्टि पनि प्रकट भएको छ ।  

 ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनसाय बनाइसकेको छु ।’ उनले फेसबुकमा लेखेका छन् ।