धनकुटा/  धनकुटाको साँगुरीगढी गाउँपालिकाले पालिका भित्रका भूमिहीन सुकुम्वासी तथा दलितहरुलाई लालपुर्जा वितरण गर्नका लागि ल निस्सा प्रदान गर्न थालेको छ ।

सागुरीगढीले गाउँपालिकाका ३९ घर परिवारका भूमीहीन सुकुक्बासी तथा दलितहरुलाई लालपूर्जा वितरण गर्नु अघिको प्रक्रिया अन्तर्गत निस्सा प्रदान गरेको हो ।

nissa-bitaran-pic

राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले सागुरीगढी गाउँपालिकासँग सहकार्य गरेर निस्सा प्रदान गर्ने काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

उनका अनुसार निस्सा वितरण गरिएकाहरु मध्ये १० परिवार भूमीहिन दलित र २९ घरपरिवार सुकुम्बासी भूमिहिन रहेका छन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्ष बलबहादुर राईले निस्सा पाएका लाभग्राहीहरूको थप अनुगमन गरि जग्गा वितरण गर्न नापजाँच गर्ने कार्य अगाडि बढेको र छिट्टै लालपूर्जा वितरणको कार्य सुरु हुने बताएका छन् ।