धरान /  अज्ञात समूहको गोली प्रहारबाट धरानमा एकजनाको मृत्यु भएको छ ।

धरान ८ सेउती पुल नजिक अज्ञात समूहले गोली प्रहार गर्दा विराटनगरका २८ बर्षीय रोहित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउसो साढे ५ बजेतिर उनलाई तीन जनाको समूहमा आएर गोली प्रहार गरिएको बताइएको छ ।

गोली प्रहारबाट घाइते भएका चौधरीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनकुटा घुमेर फर्किने क्रममा सेउती पुलमा घट्ना भएको उनीसँगै रहेकी सुमना खत्रीले प्रहरीलाई जानकारी गराएकी छन् ।

गोली प्रहारपछि रोहितको उपचारका लागि सुमनाले नै एम्बुलेन्स रोकेर बीपी ल्याएको प्रहरीको भनाई छ ।

धनकुटा घुमेर फर्किने क्रममा पानी पिउने क्रममा पैदलै जएको अवस्थामा अज्ञात समूहले रोहितमाथि लुटपाट गरी गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

सुमनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा विस्तृत जानकारी नआइसकेकोले बुझ्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।