मोरङ/ बिराटनगर १४ मा अवस्थित काठमाडौ बिश्वबिद्धालय, एस्पायर कलेज बिराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा अध्यनरत बिद्यार्थीहरुले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

गत असार मा काठमाडौ बिश्वबिद्धालय बाट संचालित प्रथम बर्ष प्रथम सेमेस्टरको  परिक्षाको नतिजा सार्वजनिक भए सगै बिद्यार्थीहरुले यो सफलता प्राप्त गर्न सफल भएका हुन । 

कलेजका बिद्यार्थीहरु तुसार गणेश , कृतिज्ञा  कटवाल , सुशान्त नेपाल ,

IMG-20230810-WA0005

दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन भने ८ जना बिद्यार्थीहरुले ३।९ भन्दा बढी जिपिए ल्याएको र बाकी बिद्यार्थीहरुले ३।२४ भन्दा माथि जिपिए ल्याएर उत्तीर्ण भएका छन । 

यसरी उत्कृष्ट अङ्क सहित उत्तीर्ण तुसार गणेशले यो आफूहरुको मात्र सफलता नभएर कलेज प्रशासनको समेत महत्वपूर्ण योगदानका कारण आफुहरु सफल हुन सकेको बताए । 

त्यस्तै कृतिज्ञा  कटवालले बिद्यार्थी मैत्री सिकाइ बातावरण भएका कारण छोटो समयमा नै आफुहरुमा अध्य्यन प्रती रुचि जागेको र कक्षाका सम्पुर्ण बिद्यार्थीहरु उच्च जिपिएका  साथ उतिर्ण हुन सफल भएको बताइन् । IMG-20230810-WA0006

कलेजका कोअर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाडौ बिश्वबिद्धालयको उत्कृष्ट शिक्षण विधि तथा बिद्यार्थीहरुको सामुहिक तथा ब्यक्तिगत मेहेनतका कारण ठूलो सफलता हात लागेको हो ।

साथै सुचना प्रबिधि बिषय प्रती बिद्यार्थीहरुको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उहाँको भनाइ छ । 

कलेजका प्रधानाध्यापक चिन्तामणी बस्नेतले जनाए अनुसार कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको छ ,

साथै बिद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पुर्वाधारमा बिशेष ध्यान दिइएको छ ,IMG-20230810-WA0001(1)

साथै काठमाडौ बिश्वबिद्धालयबाट समय समयमा आउने प्राध्यापकहरुको गाइडेन्स पनि सफलताको कडिका रुपमा स्थापित भएर पहिलो बर्षमा नै उत्कृष्ट नतिजा दिन सफल भएको जानकारी दिनु भयो । 

साथै परीक्षा भएको एक महिना नबित्दै नतिजा आउनु पनि बिद्यार्थीलाई थप हौसला मिलेको बस्नेतले जानकारी दिनु भयो ।IMG-20230810-WA0002

यो प्रथम सेमेस्टरको परिक्षाको नतिजाले एक खुड्किलो पार गरेको मात्रै हो र बाकी सेमेस्टरमा पनि अझ उत्कृष्ट नतिजाका लागि तयारी हुन समेत बिद्यार्थीहरुलाइ हौसला प्रदान गर्नु भयो । 

काठमाडौ बिश्वबिद्धालयको साझेदारीमा संचालित एस्पायर कलेजमा होटल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा यस बर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको र उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्नका लागि बिद्यार्थीहरु भर्ना प्रक्रियामा सामेल हुन सक्ने क्याम्पस प्रशासनले जानकारी दिएको छ । IMG-20230810-WA0004