धरान । नेकपा एमाले धरानले धरानमा भई रहेको धार्मिक तथा सास्कृतीक विबादलाई अपसी छलफल र समझदारीबाट हल गर्न आह्वान गरेको छ ।
एक अर्काको आत्मासम्मानमा ठेस नपुग्ने गरी अपसी छलफल र वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको हो । आइतबार नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ र सचिव राजेन्द्र राईद्धारा जारी गरिएको विज्ञप्तिमा आपसी सद्भाब र एकतालाई काम राख्न नेपाली समाजले अबलम्बन गर्दैै आएको अपसी छलफल र समझदारीको विधि अपनाउन आह्वान गरेको उल्लेख गरीएको छ । नियम कानुनको पालना गर्नु र असहमती भए बैधानीक बाटोबाट समाधान खोज्ने विकल्प हुदाहुदै अपसी सद्भाब र एकता भड्किने गरी भईरहेका गतिविधीले ध्यानाकर्षण भएको एमाले धरानको ठ्म्याइ छ ।एक अर्काको अस्तीत्व स्वीकार गर्न र अतिबादी कार्य नगर्न नगराउन सबैलाई आह्वान गरीएको विज्ञप्तिमा उल्लेख छ ।
धरानको धर्मिक तथा सास्कृतीक विबादमा नगर प्रमुखको अप्रत्क्ष्य सलग्नता रहेको भन्दै विज्ञप्तिमा दुख ब्यक्ति गरिएको छ । त्यसैगरी नेकपा एमाले जिल्ला कमिटी सुनसरीले पनि आइतबार नै विज्ञप्ती जारी गर्दे धरानको सद्भाब खल्बल्याउने तथा लोकतान्त्रीक ब्यबस्था माथि नै धावा वोल्ने कार्य हुन थालेको भन्दै संघीय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ । कुनैपनि बहानामा समाजिक सद्भाब भड्काउनु अराजकता भएको भन्दै त्यसलाई नियन्त्रण गर्न विज्ञप्तिमा आह्वान गरीइएको छ । एमाले सुनसरीका सचिब पर्शुराम यादबद्धारा हस्ताक्षरीत विज्ञप्तिमा धरानमा धार्मिक तथा सास्कृतीक भड्काब हुन सक्ने उच्छृङखल गतिविधी भईरहेको उल्लेख गरिएको छ ।