धरान /धरानका मुस्लिम हरुको मुल संस्था अन्जुमन इस्लामियाले धरानको धार्मिक तथा सास्कृतिक बिबाद प्रती चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि  बिशेष प्रथना (दुवा) गरेको छ ।

बिगत केही दिन देखि धरान उपमहानगर भित्र विभिन्न बिषयहरुमा मतभेद राख्दै बिग्रदै गरेको सामाजिक सद्भाव र उत्पन्न हुँदै गरेको जातिय, धार्मिक द्वन्द्वको बाताबरणलाई समाप्त गर्न र प्रेम, सद्भाव र भाईचारा निर्माणको निम्ति विशेष प्रार्थना (दुवा) गरिएको छ अन्जुमन स्लामिया धरानले जनाएको छ ।

  धरान-३ स्थित धरान जामे मस्जिदमा आज शुक्रबार बिशेष प्रार्थना सभा गर्दै दुवा गरिएको अन्जुमन स्लामिया धरानका माहासचिब अफाक अहमदले जानकरी दिए ।

  आज शुक्रबारको सप्ताहिक नमाज पछि धरानका करिब  २ हजार मुस्लिमहरुको उपस्थितिमा सद्भावको निम्ति सामुहिक प्रार्थना गरिएको उनले जनाए।

 धरान एक बहुजाती, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक शहर भएकोले  बिबिधतालाई आत्मसात गर्दै प्रेम, सद्भाव र शान्तिको निम्ति अन्जुमन इस्लामिया धरानले अपील पनि गरेको अहमदले बताए ।