धरान । नेकपा एमाले धरानले धरानमा विकसित भएको धार्मिक तथा सास्कृतकि विबाद समाधानका लागि पहलकदमी गर्ने सबैप्रति धन्यबाद दिएको छ । शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमाले धरानले भोली शनिबार हुन सक्ने घटनाक्रमलाई रोक्न प्रशासनले दिएको कदमलाई पनि एमाले धरानले स्वागतयोग्य भन्दै धन्यबाद दिएको छ ।

‘हुन सक्ने सम्भावित घटनालाई हुन नदिने तथा विवाद निरुपणका लािग वार्ता र सम्बादमात्र विकल्प हुने ’ भन्दै विज्ञप्तिमा भनिएको छ ‘ धरानमा बाहिरी तत्वहरुको घुसपैठ भई हुन सक्ने संभावित घटनालाई निययन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरी तथा सुरक्षा निकायले लिएको निर्णयलाई हामीले सकारात्मक रुपमा लिएका छौ ।’

एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ र सचिव राजेन्द्र राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘धरानको सन्दर्भमा विकसित भएको पछिल्लो घटना क्रमप्रति गम्भिर भई समस्या समाधानका लागि धरानका पुर्व नगर प्रमुख , उपप्रमुख र नागरिक अगुवाहरुको समेत चासो र सक्रियतालाई सबैले उच्च सम्मान ब्यक्त गरेका छन् ।’

विज्ञप्तिमा भनिएको छ ‘विभिन्न राजनैतिक दल,राजनैतिक दलका भातृ संगठन,सामाजिक सघं सस्था तथा समाजमा शान्ति र सद्भाब चाहाने पक्षबाट धरानको विविधतालाई एकबद्ध बनाउन,धार्मिक,जातिय,सास्कृतिक तथा सामाजिक एकतालाई कायम राख्न खेल्नु भएको भुमिका प्रतिपनि नेकपा एमाले हार्दिक धन्यबाद दिन चाहान्छ ।’एमालेले धरानको अभिभावक पार्टी भएका कारणपनि धरानलाई विविधताको उच्च नमुना शहरको रुपमा विकास गर्न निरन्तर लागि रहेको र आगामी दिनमा पनि वार्ता र सम्बादबाट समस्या समाधान गर्न नेतृत्व गर्ने तथा समन्वय गर्न निरन्तर लागि रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।