धरान । धरानमा एक युवाको जलाएर हत्या गर्ने प्रयास भएको रहस्य खुलेको छ । गत भदौ १३ गते धरान १७ नमुना सुन्दर बस्तीका अजिमान विकलाई स्थानीय जंगबहादुर राई र उनकी श्रीमती जयकुमारी राईले मट्टीतेल छकिएर आगो लगाईदिएका थिए ।

शरिरमा आगोलागेपछि चिच्याएका उनलाई स्थानियले उद्धारगरी तत्काल विपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठान पु¥याएका थिए । घाइते विकले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा जंगबहादुर र उनीकी श्रीमती जयकुमारीसँग सामान्य भनाभन भएको थियो । त्यसकै बदलामा आफ्नो शरिरमा मट्टीतेल खन्याएर आगोलगाई हत्या गर्ने प्रयास भएको उनले वयान दिएको प्रहरी स्रोतले जनाएको छ ।  आगो लगाईदिने दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ । आगोबाट आजिमानको उपचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेपछि उनको उपचारका लागि काठमाण्डौ नै लैजानुपर्ने चिकित्सकहरुले बताउदै आएका छन् । आर्थिक अबस्था कमजोर भएका कारण विरामी थप उपचारका लािग काठमाण्डौ लैजान नसकिएको पारिवारीक स्रोतले जनाएको छ ।