धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा चिनिन्छ ।

यहाँ नेपालका विभिन्न स्थान तथा भारतबाट समेत उपचारका लागि आउने गर्छन् ।

तर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा दिनहुँ हुने ट्राफिक जामले विरामीहरु मारमा पर्ने गरेका छन् । असहज अवस्था भएको प्रतिष्ठानको बाटो खाली गर्ने काम शुरु गरिएको छ ।

अस्पतालमा सवारी आवागमन सहज रुपमा हुनुपर्छ ।  अस्पतालमा साधारण विरामीदेखि सिकिस्त विरामीहरु एपचारका लागि आउने गर्छन् । अस्पतालसम्म पुग्ने बाटो जाम हुदा विरामी बोकेको एम्बुलेन्स तथा सवारी साधन समयमै पुग्दैन र विरामीको ज्यान समेत जोखिममा पर्ने गर्छ यसैलाई मध्यनजर गरी स्थानीय सरकार र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले प्रतिष्ठान आसपासमा रहेका जथाभावि पार्किङ, फास्टफुडका ठेलागाडीलाई हटाउन थालेको हो ।

 अस्पतालजस्तोे संवेदनशील क्षेत्रमा सम्बज्धित पक्षले ध्यान नदिएपछि स्थानीयले सम्बन्धित पक्षसँग  गुनासो  पोख्न पुगेपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको हो ।

सर्वसाधारणको गुनासो ब्व्यापक भएपछि स्वयम् यातायात व्यवसायी समेत प्रतिष्ठान अगाडिको सडक खुलाउने विषयमा सकारात्मक देखिएका छन् ।

घोपा यात्रायात प्रा.लिका उपाध्यक्ष नेत्र वाग्लेले सबैलाई सहज बनाउन जाम हटाउन आवश्यक रहेको र यसका लागि आफूले सघाउने बताएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र धरान उपमहानगरपालिकाको संयुक्त प्रयासमा अस्पताल क्षेत्रमा ट्राफिक जाम हुन नदिन क्याम्प क्षेत्रमा पर्ने भित्र र बाहिरका सडकहरुको जामलाई हँटाउने काम भएको हो ।

सडक जाम हटाउने  कामसँगै बषौदेखि हेलमेड नलाई सवारी साधन चलाउने चिकित्सकहरुलाई समेत अनिवार्य रुपमा हेलमल लगाउन लगाइयो । 

नियन्त्रणका लागि दुई दिन अगाडिदेखि ट्राफिक प्रहरी गम्भीर भएर लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक सुवास केसीले बताए ।

यस क्षेत्रमा अन्य सवारी साधन भन्दा पनि सिटी सफारी र टेम्पोको बढी आवागमन हुने गर्छ ।

धरान उपमहानगरपालिकाले इ रिक्सा ऐन दर्ता गरेर दर्ता प्रक्रियामा लगिएको भएपनि धेरै इ रिक्साहरु दर्ता छैनन, जथाभावि सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेको छ भने अस्पतालमा ट्राफिक जाम हुदा विरामी बोकेर आएका सवारी साधनलाई समस्या हुने गरेको छ ।

  यस्ता समस्यालाई सबै मिलेर  नियन्त्रण गर्ने प्रयास थालिएको धरान उपमहानगरपालिकका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।