धरान/ गत असोज १७ गते स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कार्तिक २ गते बुधबारका लागि बोलाए पनि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयरको शैलि निरंकुश भएको भन्दै अनुपस्थित भएका छन् । 

उनीहरुले मेयर हर्कराज राईले अघिल्लो बैठक सनकको भरमा स्थगित गरेको भन्दै अनुपस्थित भएको बताएका छन् ।

कार्यपालिका बैठकमा नेकपा एमालेका तर्फबाट संसदीय दल नेता तथा १५ नं वडा अध्यक्ष नरेश ईवरामले मेयरले कार्यपालिका बैठकमा राणा शासन लाद्धै निर्णय गर्न खोजेको र लोकतान्त्रिक पद्धती अनुसार कार्यपालिका सदस्यहरुलाई छलफल बहस गर्न नदिएको बताए ।

उनले भने, ‘अघिल्लो अति आवश्यक कार्यपालिका बैठक मेयर साम्पाङले सनकको भरमा स्थगित गरिएको छ ।’ 

बुधबारको कार्यपालिकाका बैठक बस्न आवश्यक भए पनि समन्वय नगरि हतारमा बैठक डाकिएकाले उपस्थित हुन नसकेको बताए ।

उनले भने, ‘बैठक बहिस्कार गरेको होईन समन्वय नगरि अचानक बैठक बोलाईएको कारण कार्यपालिका सदस्यहरुको समयअनुकुल भएन, वडाको काममा व्यस्त भएर बैठकमा उपस्थित हुन नसकेको हो ।’

स्थानीय सरकार संचालन ऐनमा महिनामा एक पटक अनिवार्य  कार्यपालिका बैठक बस्नुपर्ने नियम भएता पनि मेयर साम्पाङले आफनो अनुकुलतामा मात्र बैठक बोलाएको आरोप लगाउदै नियम पालना गर्न अनुरोध गरे ।

संविधानमा भएको अधिकार प्रयोग गर्दे हरेक खर्च र हरेक निर्णयको पारदर्शिता हुनु पर्ने भन्दै मेयरले मनपरी कार्य गर्दे अलोकतान्त्रिक पद्धती अनुसार निर्णय कार्यान्वयन गर्न खोजेको उनको आरोप छ । 

त्यसै गरि धरान उपमहानगरपालिकाका प्रवक्ता तथा १७ वडा अध्यक्ष मनोज भट्टराईले मेयर राईले सनकको भरमा बैठक स्थगित गरेको भन्दै मेयरले जा भन्दा जाने आईज भन्दा आउने जनप्रतिनिधीहरु नभएको बताए ।

उनले भने, ‘जनताको काम प्रति सम्पूर्ण वडाअध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु जिम्मेवार ढङगले लागि परेका छौं, केही निर्णय नभएर जनतालाई दुःख र असर पुगे स्वयम मेयर जिम्मेवार हुनुपर्छ ।’ त्यस्तै १८ नं वडा अध्यक्ष नर बहादुर राई (प्रविन) ले कार्यपालिका बैठक बसि जनताको कार्य गर्न आफु आतुर भएको बताए ।

तर बैठक बस्न समन्वय नभएको उनले बताए । 

इता मेयर राईले जनता प्रति बफादार अनुशासनमा रहि जिम्मेवार भै कर्तव्य पुरा गरेको बताए । कार्यपालिका सदस्य कोही नआएको प्रति आक्रोस व्यक्त गर्दे उनले भने, ‘वडाअध्यक्षहरुलाई बोकेर ल्याउनु नमिल्ने भन्दै अव चामल लडाउछु जोखना हेर्छु अनि आफुलाई कहिले मन लाग्छ तहिले बैठक बोलाउछु ।

’ बैठकमा अनुपस्थित हुने नयाँ रोग नभएकाले आफुले वास्ता नगरेको र समय अभावको कारण बिचमा छलफल समन्वय नगरेका मेयर साम्पाङले बताए ।

उनले भने, ‘आफु २४ घण्टा जनताको काम गर्न आतुर रहेकोले वडाअध्यक्षहरुसँग आफनो लेभल नमिलेकोले पनि सहकार्य गर्न र बैठक बस्न सकेको छैन ।’  

उपमेयर आईन्द्र विक्रम बेघाले भने काम बिशेषले आफु धरान बाहिर गएकाले बैठकमा आउन ढिला भएको बताए । तर आफु आउदा कार्यपालिका बैठक नबसेको उपमेयर बेघाले बताए ।