धरान । नेकपा एमाले धरान उपमहानगर कमिटीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितका लागि राहत संकलन अभियान सुरु गरेको छ ।

 बुधबारबाट सुरु गरेको अभियानमा पहिलो दिन ७३ हजार ५ सय ४० रुपैया संकलन भएको राहत संकलन समितीका संयोजक पारस काङमाङ राईले जानकारी दिए ।नेकपा एमाले धरानको मङगलरबार बसेको पदाधिकारी सहित प्रदेश तथा जिल्लाका नेताहरुको बैठकले राहत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

‘बुधबार हामीले मुख्य बजार क्षेत्रमा स्वछिक राहत संकलन गरेका थियौ,जसमा ७३ हजार पाँच सय चालिस रुपैया संकलन भएको छ । ’संयोजक पारस काङमाङ राईले भने । अभियानमा एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारी,एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेससभा सदस्य रमेशकुमार बस्नेत,विजयकुमार राई,पुर्व संघीय संसद तथा प्रदेश सदस्य जयकुमार राई,मोतिराज सुनुवार , भिमराई ज्वाला ,माैसम राइ कोशी प्रदेशका पुर्व सभामुख प्रदिपकुमार भण्डारी,एमाले प्रदेश कमिटी सदस्यहरु रुफिना गुरुङ,लहरुमाया जिमी,पुर्व प्रदेश सचिवालय सदस्य मुरारी सुबेदी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । अभियानमा ब्यापारी तथा सर्वसाधारणले स्वेच्छिक सहयोग गरेका थिए ।

 नेकपा एमाले धरानका सचिव तथा प्रचार विभाग प्रमुख राजेन्द्रकुमार राईले राहत संकलन कार्यलाई निरन्तरता दिने बताए । नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले एमालेका हरेक संगठित सदस्यबाट रु एक सय का दरले सहयोग उठाएर धरानको तर्फबाट भुकम्प पिडितलाई हस्तान्तरण गरिने बताए ।

pic2

pic3