धरान । धरान भानुचोक बसपार्कमा काम गर्ने श्रमिकहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्ट्यान्ड श्रमिक इकाईको दसौं अधिवेशनले बलबहादुर लिम्बूको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । 

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा धनबहादुर अधिकारी, सचिवमा जीवन ठटाल, सहसचिवमा शम्भु अधिकारी र कोषाध्यक्षमा गणेश काफ्ले चयन भएकाछन् । 

त्यस्तै सदस्यहरूमा डम्बर मग्राती, टेकबहादुर तोलाङ्गी, तिलक ठटाल, धनबहादुर मग्राती, खड्ग रोका र लिला तोलाङ्गी रहेकाछन् ।

अधिवेशनमा संगठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँ,  प्रदेश कमिटी अध्यक्ष गौरी लामा, सचिव महेश घिमिरे, कोषाध्यक्ष काजी राई, जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवा, संगठन धरान अध्यक्ष कमल भट्टराई रहेका थिए ।