विराटनगर/ नेकपा एमाले कोशी प्रदेश समितिले जिम्मेवारी बाँडफाँड सहित ११ जना जना सदस्य मनोनित गरेको छ । 

समितीको दोस्रो बैठक बसेको १० दिनपछि अन्तर कमिटी निर्देशन–२ मार्फत मनोनितको नाम सार्वजनिक भएको हो ।

१० प्रतिशत (करिब २२ जना) मनोनित गर्ने व्यवस्था भएपनि अहिले ११ जना मनोनित गरिएको छ । मनोनित हुनेमा सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी छन् ।

त्यस्तै संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा रहेका छन् ।

करिब ६ सय सदस्य प्रदेश कमिटी गत असोजमा निर्वाचन भएपछि २ सय १५ मा कायम भएको थियो ।

अहिले पार्टाीको आन्तरिक नीति पहिलोचरणमा समायोजनबाट आउनेलाई मनोनित गर्ने भएपनि समायोजन बाहेकका समेत मनोनित भएको एक एमाले नेताले बताए । 

एमालेले ३८ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा मनोनित गरेर ल्याइएकालाई समेत राखिएको छ । त्यस्तै विभिन्न विभाग र निर्वाचन क्षेत्रका इन्चार्ज तथा प्रमुख  तोकिएको छ । 

बैठकले पार्टी स्कुल विभागको प्रमुखमा अध्यक्ष घनश्याम खतिवडा, निर्वाचन विभाग प्रमुखमा टिकाराम चेम्जोङ, संगठन विभाग प्रमुखमा राजकुमार भण्डारी,

विज्ञान तथा प्रविधि विभागमा देवान राई, सहरी विकास विभागमा जलवर्षा राजवंशी, संसदीय विभागमा अम्बरबहादुर रायमाझी, प्रचार तथा प्रकाशन विभागमा लछुमन तिवारी रहेका छन् । 

त्यस्तै वित्तीय तथा कोष व्यवस्थापन विभागमा लालप्रसाद लिम्बू, स्थानीय तह विभाग प्रेमबहादुर राई, कृषि तथा पशुपंक्षी विभागमा चित्रकुमारी सुब्बा, सहकारी तथा गरिवि निवारण प्रमुखमा रमेश पोखरेल, भौतिक पूर्वाधार विभागमा रामसिंह राई, शिक्षा तथा मानवस्रोत विभागमा सत्यनारायण चौधरी,

अर्थ तथा योजना विभागमा सिर्जना राई, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा उमेश डालमिया, खानेपानी तथा सरसफाइ विभागमा नरेन्द्र बस्नेत, उर्जा, जलस्रोत तथा सिंचाई विभागमा मोहन डाँगी र प्रदेश मामिला तथा सामान्य प्रशासन विभाग ज्ञानेन्द्र सुवेदी रहेका छन् । 

त्यसैगरी सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग लोकबहादुर धिमाल, सामाजिक सेवा विभाग ताराबहादुर काफ्ले, कानून विभाग डिपी राई, पर्यटन तथा नागरिक उड्डयन विभाग सोनाम ग्याल्जेन शेर्पा, श्रम तथा रोजगार विभाग निरा खनाल,

स्वास्थ्य विभाग बालेश्वर कामत, विपत व्यवस्थापन विभाग जय राई, साहित्य कला तथा संस्कृत विभाग धु्रव राई, वन तथा वातावरण विभाग केशव शर्मा, युवा तथा खेलकुद विभाग प्रभात विक्रम कटुवाल, भूमि व्यवस्था विभाग मोहन विश्वकर्मा, पुस्तकालय तथा अभिलेख विभाग लोकेश निरौला, जनसंगठन संयन्त्र बाबुराम थापा प्रमुखमा चयन भएका छन् । 

यस्तै इन्चार्जहरुमा नेपाल ट्रेड युनियन महासंघमा भीम राई ज्वाला, अखिल नेपाल किसान महासंघमा बेनु शिवाकोटी, अखिल नेपाल महिला संघ इच्छाकुमारी गुरुङ, अनेरास्ववियुमा रोशन बस्नेत लगायत छन् ।