धरान /नेपाल फोटो पत्रकार महासंघ सुनसरीले तिहारमा देउसी खेलेर संकलन गरेको रकम मध्ये सडक दुर्घटनामा घाइते चालक सोम राईको उपचारका लागि १५ हजार सहयोग गरेकोछ । 

स्पाइनलकर्ड इन्ज्युरी भइ उपचाररत बसका चालक सोम राईको औषधिको रकम बुझाउन समस्या भएपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अभियान चलाइरहेकोछ ।received_1273041550028240

संगठनको सोही अभियानमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले नगद सहयोग गरेको हो । 

मंगलबार महासंघका अध्यक्ष विकास चाम्लिङले संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई नगद हस्तान्तरण गरेको हो ।

चालक सोम राईकी श्रीमति सकुन राईको उपस्थितिमा रकम हस्तान्तरण भएको हो । 

रकम हस्तान्तरण गर्दै पत्रकार चाम्लिङले आफुहरुले प्रत्येक वर्ष देउसी खेलेर संकलन भएको रकमबाट सामाजिक कार्य गर्दै आइरहेकामा मजदुर नेता भीमज्वाला राईले चालकको उपचारमा सहयोग गर्न आग्रह गर्नु भएकाले संकलित रकम मध्येबाट १५ हजार सहयोग गरेको बताउनुभयो । 

सहयोग ग्रहण गर्दै संगठनका अध्यक्ष भीमज्वाला राईले चालकको उपचार बापतको रकम १ लाख ५१ हजार ९ सय बाँकी रहेको बताउनु भयो ।

हामीले मजदुर, व्यवसायीबाट ३७ हजार संकलन गरेको र त्यसमा फोटो पत्रकार महासंघको सहयोग पछि करिव ५२ हजार रकम जम्मा भएको बताउनु भयो ।

यही अभियानबाट थप रकम समेत संकलन गरिने बताउदै सहयोगका लागि फोटा पत्रकार महासंघ सुनसरीलाई धन्यवाद दिनुभयो । 

सो अवसरमा नेपाल पत्रकार महासंघ कप्रदेशका सचिव देवेन्द्र कार्की, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ,

धरान नगर कमिटी अध्यक्ष कमल भट्टराई, जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवा, फोटो पत्रकार महासंघ सुनसरी सचिव शीशीर राईको उपस्थिति रहेको थियो ।