झापा/  नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका छन । 

शनिबार बिर्तामोड पुगेर उनले पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन । ज्ञानेन्द्र शाह शालिक अनावरण गर्न जाँदा पैदल हिंडेका थिए ।

उनिसंगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि थिए । शाह र लिङ्देन करिब एक किलोमिटर पैदल यात्रा गरेर शालिक अनावरण गर्ने स्थलमा पुगेका थिए ।

पैदल यात्रामा पूर्वराजालाई साथ दिन हजारौँको संख्यामा सर्वसाधारण, राप्रपाका कार्यकर्ता, शुभचिन्तकहरुको उपस्थिती रहेको थियो । 

पूर्वराजाका समर्थकहरुले मोटरसाइकल ¥याली निकालेका थिए । पूर्वराजाको पैदल यात्रामा सहभागीहरुले राजा र राजतन्त्रको समर्थनमा नाराबाजी गरेका थिए ।