विराटनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई सवार सवारीसाधनमाथि आइतबार ताप्लेजुङमा ढुङ्गामुढा तथा अन्य नेताहरुमाथि आक्रमणको घटनाप्रति नेकपा (एमाले) कोशी प्रदेश कमिटीले भत्सर्ना गरेकोछ ।  

नेकपा (एमाले) ताप्लेजुङ्ग जिल्ला कमिटीले आइतबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम सकेर फर्कने क्रममा नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव भट्टराई सवार सवारीसाधनमा फुङलिङ स्थित बिरेन्द्र चौक र तोक्मे डाडांमा लुकिछिपि ढुङ्गामुढा गरेको र पार्टीका अन्य नेता कार्यकर्तामाथी समेत हातपात गरी पार्टीका कार्यकर्ता सवार मोटरसाईकल समेत तोडफोड गरी क्षती गरेको घटनाको नेकपा (एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले सोमबार विज्ञप्ती जारी गर्दै निन्दा गरेको हो । 

received_724062049653104

लुकिछिपी आक्रमण गर्नेहरु पहिचानवादी हुनै नसक्ने ति आक्रमणकारीहरु कथित पहिचानवादी रहेको र सरकारको उक्साहट पहिचानका नाममा देशमा उदण्ड मच्चाउन खोज्ने तत्व रहेको उल्लेख गर्दै यस्ता अराजनीतिक र अवान्छित कार्यमा संलग्नलाई अबिलम्व नियन्त्रणमा लिएर कानुनी कारर्वाहीको दायरामा ल्याउन माग गरिएकोछ । 

नेकपा (एमाले) सामाजिक, सांस्कृतिक विविधतायुक्त साझा पहिचान र जातीय सद्भावयुक्त समाज निर्माणका लागि दशकौँदेखि लड्दै आइरहेकाले यस्ता सानातिना उदण्ड घटनाबाट विचलित नहुने विज्ञप्तीमा उल्लेखछ । 

शान्तिपुर्ण रुपमा बिरोध र समर्थन गर्ने अधिकारका लागि नेकपा (एमाले) ले दशकौंदेखि लड्दै आइरहेको उल्लेख गर्दै कानुनी राज्य, विधिको शाशन र संबैधानिक दायरामा सबै रहनु पर्ने उल्लेख छ । 

संवैधानिक व्यवस्था, ऐन र कानुनी प्रक्रियाबाट प्रदेशसभाले कोशी प्रदेश नामकरण गर्ने निर्णय भइसकेको अवस्थामा एमाले र यसका नेताहरुमाथि निशाना बनाइरहँदा सरकारले त्यस्ता अराजक गतिविधि नियन्त्रण गर्न कुनै ध्यान नदिएर अराजकतालाई थप प्रश्रय दिइरहेको विज्ञप्तीमा उल्लेखछ ।