धरान/  विज्ञान र प्रविधिले ल्याएको विकाससँगै तनाव समेत उत्तिकै बढेको पाइएको छ । प्रविधिप्रतिको प्रतिष्पर्धाबाट बढीमात्रामा विद्यार्थी तथा किशोर किशोरी प्रभावित बनेका छन् ।

यसलाई मध्यनजगर गरी धरान स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले विद्यार्थी, किशोर किशोरी लक्षित तनावमुझ हुने उत्प्रेरक कक्षाहरु सञ्चालन गर्ने भएको छ ।

मानवीय जीवनमा विज्ञान र प्रविधिले ल्याएको तीव्र प्रतिस्पर्धाबाट अहिले सबै भन्दा बढी विद्यार्थी, किशोर, किशोरी, युवाहरू तनाव प्रभावित छन् ।

यति बेला सकारात्मक चिन्तन, र तनाव मुक्तिको माध्यम पहिचान गर्न जरुरी ठानेर बम्हाकुमारी राजयोग सेवा  केन्द्र धरानले विद्यार्थी, किशोर किशोरी लक्षित तनावमुक्त उत्पे्ररक कक्षा सञ्चालन गर्ने भएको हो ।

व्यक्तित्व विकास एवं चरित्र निर्माणको आधार राजयोग ध्यानको माध्यमबाट शान्ति स्थापना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको ब्रह्मकुमारी नानी मैयाँ श्रेष्ठले बताइन् ।

धरान स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आउँदो सोमवार भारतको माउण्टआबु स्थित अन्तर्राष्ट्रिय प्रजापिता ईश्वरीय विश्वविद्यालयका प्रसिद्ध उत्प्रेरक प्राध्यापक ई.वी. गिरिसबाट धरानका विद्यार्थीहरूलाई कलेजहरूमा उत्प्रेरक कक्षा सञ्चालन गर्ने भएको हो  ।

ब्रह्मकुमार सुनिल श्रेष्ठले विज्ञानले ल्याएको विश्वव्यापी परिवर्तनले भौतिक सुख भएपनि मानसिक तनाव बढेर गएको सन्तुष्ट प्राप्त नहुने भएकोले राजयोगले यसलाई सन्तुलनमा ल्याउने बताए ।

ब्रह्मकुमारी राजयोग अन्तर्राष्ट्रिय मुख्यालयबाट ‘आऔँ हामी मिलेर बनाऔँ एक स्वर्णिम समाज’ विषयक अभियान लिएर एक टोली नेपाल आउने जानकारी दिइएको छ । टोलीले नेपालका विभिन्न सहरहरूमा सामाजिक, धार्मिक, शिक्षा, स्वास्थ्य, साहित्य, महिला सशक्तीकरण, खेलकुद, प्रकृतिको संरक्षणका उत्प्रेरक कार्यक्रम गर्नेछन् ।

सो अवसरमा समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने १ सय जनालाई सम्मान गरिने बम्हाकुमार शेरबहादुर थापाले बताए ।

राजयोगको माध्यमबाट शान्ति ल्याउने उद्देश्यले सबैलाई यस सम्बन्धी जानकारी गराउन पनि कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ