धरान/ कोशी प्रदेशमा पहिलो पटक अण्डर १५ एन्फा प्रेसिडेन्ट कप धरानमा सुरू भएको छ ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर बुधबार देखी कोशी प्रदेश एन्फा प्रेसिडेन्ट कप यु–१५ फुटबल प्रतियोगिता सुरू भएको हो । पहिलो पटक आयोजना भएको प्रतियोगिताको उद्घाटन खेलमा अल स्टार फुटवल क्लव धरानले विजय सुरूवात गरेको छ ।
मोरङको विराट ट्रेनिङ सेन्टरलाई शुन्यका विरूद्ध १ गोलले पाखा लगाउदै अल स्टारले विजयी सुरूवात गरेको हो ।
अल स्टारको लागि विष्णु सुनुवारले १ मात्र निर्णायक गोल गरेका थिए ।
६० मिनेटको खेलमा म्यान अफ दि म्याच सुनुवारले खेलको ३३ औ मिनेटमा गोल गरेका थिए । उनले नगद १ हजार सगै एनि कम्पनीको जर्सि समेत पाए । पौष ६ गते सम्म चल्ने प्रतियोगिताको बिहिवार धुर्वतारा स्पोटिङ क्लब झापा र न्यु स्टार क्लब सुनसरि आमने सामने हुनेछन् ।
कोशि प्रदेशका १० टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन कोशि प्रदेशसभा सदस्य ममता तामाङले गरेकि थिईन ।
उद्घटनमा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले कोशी प्रदेश संघ र प्रदेशका जिल्लाहरूले क्यालेन्डर अनुसार चालु वर्ष ४ वटा प्रतियोगिता गरिसकेको जानकारी दिए ।
एन्फा मानार्थ उपाध्यक्ष समेत रहेका राईले सातै प्रदेशमा प्रतियोगिताको क्यालेन्डर एन्फा सँग भए पनि एन्फा कार्यसमितिले फुटबल गतिविधि गर्न समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।
सबै जिल्लाहरूमा प्रदेश लिग, जिल्ला लिग कार्यतालिका नआउँदा फुटबल गतिविधि शून्य भएको बताए ।
प्रतियोगितामा प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी हुने रहेका छन् ।
यु–१छ प्रेसिडेण्ट कप फुटबलका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउने छन् ।