सुनसरी/ इलाका प्रहरी कार्यालय, चतराले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

वरिष्ठ सई टीकाराम खत्रीको टोलीले मे१च ५१९ नम्बरको एम्बुलेन्समा गाजा लोड गरिररहेको अवस्थामा बरामद गरेको हो । ९ वटा बोरामा रहेको गाँजा करिब ४५० किलो छ ।

साथमा, मोबाइल १, गाडीको हावा भरेको ट्युब ३, हावा नभरेको ट्युब ३ थान, लाइफ ज्याकेट २, डोको २, ओछ्याउने फोम थान २ र एउटा खुकुरी पनि बरामद भएको वरिष्ठ हवल्दार प्रकाश रेग्मीले जानकारी दिए ।

प्रहरी सहायक हवल्दार रमणकुमार दनुवारका अनुसार बुधबार राति २ बजेर ४५ मिनटमा शंकास्पद अवस्थामा एम्बुलेन्स जाँच गर्दा लागूपदार्थ लोड गरिरहेको भेटिएको हो । 

बरामत गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टीलाई आवश्यक कारवाही लागि बुझाइएको वरिष्ठ हवल्दार रेग्मीले जानकारी दिए ।

सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक डिकबहादुर गोलेको नेतृत्वमा रहेको टोलीले पनि उक्त गाँजा बरामद गर्न सहयोगी भूमिका वहन गरेको थियो ।