धरान/ प्रदेश नं. १ को नामाकरण भएको दिनलाई पहिचानवादीहरुले कालो दिनको रुपमा मनाउने भएका छन् ।

२०७९ फागुन १७ गते प्रदेश नं.१ लाई प्रदेशका वहुमत सदस्यबाट कोशी नामाकरण गरेको दिनलाई उनीहरुल कालो दिनको रुपमा लिएर त्यस दिन देशभर आमहड्ताल गर्ने घोषणा समेत गरेका छन् ।

प्रदेश नं. १ पुन: नााकरण संंयुक्त संघर्ष समितिले यही पौष २६ र २७ गते धरान १५ स्थित चुम्लुङ हिममा भएको कन्द्रीय बैठकपछि नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा वैठकले गरेका निर्णयका बारेमा जानकारी दिने क्रममा पहिचानवादीहरुले यस्तो घोषणा गरेका हुन् ।

सो अवसरमा बोल्दै पहिचानसहितको प्रदेश नं. १ पुन: नामकरण अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले प्रदेशको नाम कोशी राखेको दिनलाई कालो दिनको रुपमा लिँदै त्यस दिन आम हड्ताल गरिने बताए । उनले त्यसपछि स्थिति हेरेर अनिश्चितकालीन आमहड्ताल गर्न सकिने बताए ।

उनीहरुले २०७९ फागुन १७ गते डकैती शैलीमा पहिचानवादीहरुलाई पाँखा लगाएर कोशी नामाकरण गरेको बताएका छन् ।

कोशी नामाकरण खारेजी नहुन्जेल आन्दोल निरन्तर गर्ने चेतावनी दिएका छन् ।

घोषित आन्दोलनका कार्यक्रम अनुसार माघ १३ गते पदेशका सबै जिल्लामा प्रशिक्षण/भेला गर्ने, माघ १३ देखि फागुन १० गतेसम्म सरकारी तथा गैर सरकारी कायाृलयमा राखिएको कोशी नामको बोर्ड हँटाउने, इलाम क्षेत्र न. २ मा हुने उपनिर्वाचनमा पहिचानवादी शक्तिहरु एकताबद्ध भएर साझा उमेद्वार तय गर्ने गर्ने लगायतका १० बुदे आन्दोलनको घोषणा समेत गरेका छन् ।