धरान/ टेम्पोमा छुटेको एक्पल कम्पनीको आइफोन १४ प्रोम्याक्स मोबाइल टेम्पो चालकले सम्बन्धीत यात्रुलाई फर्काएका छन् । 

बुधबार धरान १३ स्थित जिरोपोइन्टबाट भानुचोक आउने क्रममा धरान १० निवासी सञ्चिता याक्खाको मोवाइल फिर्ता गरिएको हो ।

को १ ह ३०९४ नम्बरको टेम्पो चालक तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर सचिव समेत रहेका विकेश श्रेष्ठले करिव २ लाख बराबरको उक्त मोवाइल फिर्ता गरेका हुन् । 

संगठनले धरानको भानुचोकमा सञ्चालन गरेको सदस्यता विस्तार तथा नविकरणका लागि शिविर स्थलमा मोवाइल धनी याखालाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र धरान वडा नम्बर २ का अध्यक्ष रमेश राईको रोहबरमा हस्तान्तरण गरिएको हो ।

मोवाइल टेम्पोको सिटमा छुटेको रहेछ पछि थाहा भयो र फोन रिसिभ गरेर सम्बन्धीत व्यक्तलाई भानुचोकमै बोलाएर हस्तान्तरण गरिएको चालक विकेश श्रेष्ठले बताए ।

मोवाइल ग्रहण गर्दै इमान्दार चालक भेटेकामा आफुलाई खुशी लागेको सञ्चिता याक्खाले बताईन ।