धरान/ अध्यान अध्यापन सुचारुकको माग राख्दै शुक्रबारदेखि आमरण अनसनमा बसेका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानका विद्यार्थीहरुले आफूहरुको मागप्रति सम्बन्धित पक्ष गम्भीर नभएको भन्दै अमरण अनसन बसने चेतावनी दिएका छन् ।

गत पौष २९ गतेदेखि प्रतिष्ठानको शिक्षक कर्मचारी समाज र कर्मचारी कल्याण समाजले वृत्ति विकासको विषयमा गरेको संयुक्त आन्दोलनका कारण प्रतिष्ठानभित्रको शैक्षिक गतिविधि नै ठप्प रहेको छ ।

माग पूरा नभए अनसनलाई परिवर्तन गरी रिलेबाट आमरण अनसन बस्ने सम्बन्धित पक्षलाई उनीहरुले चेतावनी दिएका छन् ।

विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओम शान्ति रजकले विज्ञप्ती प्रकाशित गरी शैक्षिक गतिविधि नै ठप्प हुदा आफूहरुको भविष्य अनौयलतार्तफ धेकेलिएकोले आमरण अनसन बस्ने चेतावनी दिइएको हो ।

उनीहरुले अहिलेको परिस्थिति सिर्जना नहुने शैक्षिक वातावरण सुनिश्चित गराइनुपर्ने माग सहित विद्यार्थीहरू रिले अनशनमा रहँदा पनि शैक्षिक गतिविधि सुचारु गर्न कुनै ठोस कदम नचालिएको नचालेकोले यो कदम चाल्नु परेको बताएका छन् ।

शुक्रबारबाट बसेको रिले अनसनले विद्यार्थीको स्वास्थ्य अवस्थामा गम्भीर असर परेको बताउदै विद्यार्थीको स्वास्थ्यमा गम्भीर अवस्था आए सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने समेत बताएका छन् ।

आमरण अनशनवाट विद्यार्थीको स्वास्थ्य जीवनमा तथा प्रतिष्ठानको छविमा केही प्रतिकुल असर परे त्यसको सम्पूर्ण जिम्मेवारी प्रतिष्ठानका कुलपति, सहकुलपति, उपकुलपति, प्रतिष्ठानका कार्यकारीहरु, राजनीति नेतृत्व तथा बुद्धिजीवी लगायतका सम्बन्धित सरोकारवाला निकाय सबैले जिम्मेवार हुने उनीहरुले विज्ञप्तीमार्फत जनाएका छन् ।

यस विषयमा विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले अदालतको फैसला आएपछि आमरण अनसन बस्ने मिति तय गरिने बताए ।