धरान । नेकपा एमाले धरानले धरानका राजनैतिक तथा समाजिक ब्यक्तित्व दामोदर उपाध्ययको शुक्रबार श्रदाञ्जलीसभा गरेको छ ।

नेकपा एमाले निर्माणमा संगठन,विचार र प्रोत्साहन गरिरहने अभिभाबकको रुपमा दामोदर उपाध्यय रहनु भएको सभाका बक्ताहरुले बताए । सिंगो एमाले पार्टी निर्माण गर्न सिन्धुपाल्चोक सम्म पुगेर भुमिगत राजनिती गर्दै देशमा लोकतन्त्र स्थापना गर्नका लागि उपाध्ययको योगदानको बक्ताहरुले स्मरण गरे ।

अहिलेको स्वतन्त्र राजनैतिक परिबेश निर्माण गर्न दामोदर उपाध्ययहरुको प्रमुख योगदान रहेको छ।’सभामा बक्ताहरुले भने । श्रदाञ्जलीसभाका प्रमुख अतिथी नेकपा एमालेकी केन्द्रिय सदस्य तथा धरान उपमहानगरपालिका की पुर्व उप प्रमुख मञ्जु भण्डारीले दामोदर उपाध्यायहरुको मेहनत र लगनशिलताले एमाले पार्टी निर्माण भएको स्मरण गरिन । उनले अहिलेको नयाँ पुस्ताले उपभोग गरिरहेको स्वतन्त्रताका लागि राजनैतिकदल र दामोदर उपाध्ययहरुको कस्टपुर्ण संघर्ष रहेको बताईन् । कार्यक्रममा बोल्दै एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले समाजलाई विचार र चेतना छर्नेकाम दामोदर उपाध्ययहरुले गर्नु भएको स्मरण गरे । राजनिती नितान्त जनताका लागि हुनुपर्छ भन्ने मान्यताबाट संगठनहरु निर्माण गर्ने र समाजलाई जगाउने अभियानमा दामोदर उपाध्यायको योगदानको उनले चर्चा गरे । नेकपा एमालेको पुर्व प्रदेश कमिटी सदस्य इन्द्रबहादुर राईले अहिले मजबुदर भएको एमालेको जग दामोदर उपाध्ययहरुनै रहनु  भएको स्मरण गर्नु भयो ।

dina-11

उपाध्ययका समकालिन राजनैतिक ब्यक्तित्व तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रदेश कमिटी सदस्य पारस सुब्बाले जनगणतन्त्र नेपाल निर्माण गर्ने खरो विचारका प्रस्ट बक्ताको रुपमा दामोदर उपाध्यालाई आफुले चिनेको बताए । प्रस्ट विचार र कुशल कार्यशैली नै दामोदर उपाध्यायको विषेशता भएको उनले बताए । नेकपा  एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायणप्रसाद सुबेदीले भुमिगत राजनितीबाट देशको परिवर्तन र नागरिक स्वतन्त्रताका लागि लड्ने र क्रान्ति गर्ने नेताको रुपमा दामोदर उपाध्ययलाई चिन्न सकिने बताए ।

श्रदाञ्जलीसभामा संविधानसभाका सदस्य कृष्णकुमार राई,कोशी प्रदेशका संस्थापक सभामुख प्रदिपकुमार  भण्डारी,एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य विजय कुमार राई सहितका नेता तथा परिवारका सदस्यहरुको उपस्थिती रहेका थियो ।कार्यक्रममा बोल्दै नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले दामोदर उपाध्यायको जीवनी संग्रह प्रकाशनका लागि नगर कमिटीबाट पहल गर्ने प्रतिबद्धता जनाए ।