धरान/ धरानको विकाशमा केन्द्रिय सरकारले चासो नदिएको भन्दै आफ्नो कार्यकक्षबाट राष्ट्रपती र प्रधानमन्त्रीको फोटो हटाएर विरोध प्रदर्शन गरेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरानको विकाशमा माया गर्न थाालेको महशुष भएकाले चाडै नै फोटो टास्ने बताएका छन् । 

केही समय अघि धरानमा प्रदेश स्तरिय नास्टको कार्यालय धरानमा स्थापना गर्ने भने पछि यहाँको विकाशमा ध्यान दिन थालेको होकि भन्ने ठानेकाले चाडै फोटो फेरी टास्ने बताएका हुन् ।

आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा कार्यक्रममा उनले भने, ‘मैले सधैंका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको होइन, चाँडै लगाउँछु ।’

केन्द्रीय सरकारको ध्यान दिलाउन मात्र फोटो हटाएको बताउँदै उनले अब चाँडै राख्छु भनेका हुन् । सरकारको ध्यानाकर्षण गर्न आफूले एकल आन्दोलन गर्दै आएको बताउँदै उनले केन्द्रको ध्यान जान थालेकोले तस्बिर चाँडै राख्ने बताए ।

फोटो हटाए पछि धेरै आन्दोलन भए पनि आफै आन्दोलन भएकाले त्यसले केही प्रभाव नपार्ने बताए । उनले भने, मलाई आन्दोलनले फरक पार्दैन, म आफै आन्दोलन हुँ, के हुन्छ ?’ 

धरान डे मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई निम्तो गरे पनि नआउने भए पछि उनले रिसले आफ्नो कार्यकक्षबाट पुष १२ गते राष्ट्रपती र प्रधानमन्त्रीको फोटो हटाएका थिए ।

त्यसको विरोधमा धरानका राजनितिक दलका युवा संगठनहरुले विरोध गर्दै ¥याली प्रदर्शन समेत गरेका थिए । विरोधकै कारण कार्यपालिका बैठक समेत स्थगित भएको थियो । 

कार्यक्रममा उनले संघीय सरकारले धरानका मुख्य समस्या खानेपानीको सहजताका लागि ठूलो योजना ल्याउनु पर्ने उनले बताए । आफूले धेरैतिरको पानी ल्याउँदा पनि नपुगेपछि केराबारी पुगेकोमा त्यहाँबाट पानी नदिएको सुनाउँदै भने, ‘समस्या समाधान गर्न कोशीबाट ल्याउन केन्द्र सरकारले योजना दिनुपर्छ ।’

मेयर साम्पाङ धरानको अर्को मुख्य समस्या यहाँको फोहोर मैलाको व्यवस्थापन भएकाले त्यसको लागि केन्द्र सरकार योजना चाहिएको उल्लेख गरे ।

उनले भने, ‘हामीले इन्जिनियरिङ क्याम्पसमा आविष्कार केन्द्र खोल्दै छौँ त्यसमा सरकारी सहयोग चाहिएको छ । धरानको विकास गर्ने हो भने एयरपोर्टको योजना दिए हुन्थ्यो ।’

धरान कृषिमूलक सहर नरहेर आवासीय सहर भएकोले त्यसै अनुसारको योजनाहरू आवश्यक भएको उनले बताए ।

सरकारबाट सहरको वर्गीकरणका लागि सुझाव माग भएकोमा यहाँका विज्ञहरूको राय अनुसार धरान उपमहानगरपालिकाबाट धरान आवासीय सहर भएको लिखित सिफारिस पठाइएको मेयर हर्क साम्पाङले बताए ।