धरान/ सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थितमा आज देखि शुरु भएको धरान एक्स्पो २०८० कार्यक्रम स्थलको प्रवेशद्वारमा राखिएको स्वागतम गेटमा लेखिएको कोशी प्रदेश मेटाइएको छ ।

कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलित संघर्ष समितीका नेताहरुले नाराबाजी गर्न थाले पछि कोशी नाम हटाइएको हो । 

कोशी प्रदेश नामाकरणको बिषयमा प्रदेश सरकार र आन्दोलन पक्ष बिच वार्ता चलिरहेकाले नाम हटाउन दबाब दिएका थिए ।