धरान/ नवोदय विद्या मन्दिर सेकेण्डरी बोर्डिङ स्कूलले शुक्रबार अभिभावक दिवस सम्पन्न गरको छ ।

धरान १६ मा रहेको नवोदयले अभिभावक, विद्यार्थी र शिक्षकबीचको छलफलबाट अध्ययन अध्यापनको गुणस्तरलाई सुधार्न तथा सम्बन्ध स्थापित गर्न निरन्तर अभिभावक दिवस मनाउने गरेको छ ।uuu

शुक्रबार समेत नवोदयले विद्यालय प्रांगरणमा अभिभावक दिवस सम्पन्न गरेको हो ।

धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा प्रमुख आथित्थयमा सम्पन्न कार्यक्रममा  अभिभावक, विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।uuuu

   सो अवसरमा बोल्दै प्रमुख अतिथि तथा शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले  आफ्ना छोराछोरीहरुलाई स्कुल पठाएर मात्र जिम्मेवारी पूरा नहुने बताउदै  महिनामा एक पटक स्कुलमा आएर नानीहरुको अवस्थाबारे बुझ्न अनुरो गरे ।uu

उनले नवोदयले विद्यार्थीहरुलाई पढाईका अलावा विभिन्न क्रियाकलापमा समेत संलग्न गराएको प्रति प्रशंसा गर ।

उनले भने–‘नवोदयले विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा संलग्न गरेको रहेछ, यसमा समय समयमा अभिभावकले आफ्ना नानीहरुको विषयमा विद्यालयमा बुझ्न जरुरी छ ।’u

       युएन कलेज र नबोदय बिद्या मन्दिर स्कुलले धरानको शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएको स्कुलका अध्यक्ष ज्ञानेश्वर झाले बताए ।

उनले यो विद्यालयलाई अहिलेको अवस्थासम्म ल्याइ पु¥याउन विद्यालयका शिक्षक, शिक्षिकाको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिए ।

स्कुलका प्रन्सिपल डम्बर कुमार तुम्बापोले  नबोदय बिद्या मन्दिर गुणस्तरीय शिक्षा प्रदान गर्न सधै प्रतिबद्ध रहेको बताए ।

अभिभावक गङ्गा श्रेष्ठले बिद्यालयको पढाइ र अतिरिक्त क्रीयाकलापबाट सन्तुष्ट रहेको बताउदै आउने दिनमा अझै राम्रो गर्दै जान सुझाव दिइन ।

   सो अवसरम विभिन्न बिधामा बर्षका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने बिद्यार्थीहरुले आकर्षक नृत्य, सन्देसमुलक नाटक र गीत प्रस्तुत गरि उपस्थिति सबैलार्ई मनोरञ्जन प्रदान गरेका थिए ।

यसका साथै विज्ञान षियमा विद्यार्थीहरुले  न प्रदर्सनी समेत गरेका थिए भने  युएन कलेज बिएचएम चौथो सेमेष्टरका बिद्यार्थीहरुले युएन फुड फेष्टो अन्तर्गत विभिन्न स्टलमा खानाका परिकार बनाएका थिए ।