धरान/  नेवारी समुदायको बसोबास भन्ने वित्तिकै काठमाण्डौ उपत्यकालाई सबैले लिने गरेका छन् । काठमाण्डौमा नेवारी सामुदायको जमात बढी भए पनि अन्यत्र ठाउँमा समेत नेवारहरु एकत्रित भएर जातीय पहिचान स्थापित गर्दै सामाजिक कार्यमा लागेका छन् ।

कठमाण्डौ उपत्यकाबाहिर अर्थात कोशी प्रदेशमा रहेका नेवारहरुलाई एकताबद्ध बनाँएर आफ्नो जातीय पहिचान स्थापित गर्दै सामाजिक कार्यमा अग्रसर रहेको नेवार एकता समाज धरान–सुनसरी १२ बर्ष अगाडि स्थासपत भएको हो ।

युवा पुस्तालाई आफ्नो सँस्कृति सम्बन्धी जानकारी दिने, तालिम दिने कामसँगै सामाजिक कार्यमा अग्रसर हुदै आएको छ ।

समाजले अस्पतालमा रगत अभाव भएको अवस्थामा रक्तदान समेत गरेको थियो । निरन्तर रक्तदान गर्दै आएको यो समाजले पहिलो पटक २०६९ मा रक्तदान गर्दा  २ सय ३ पिन्ट, लगत्तै अर्को बर्ष गर्दा रक्तदाता संख्या बढाएर ४६८, तेस्रे बर्षमा ३३८ र चौथो बर्ष रक्तदान गर्दा ५ सय ५८ पिन्ट रगत संकलन गरी कोशी प्रदेशमै पहिलो भएको थियो ।

समाज स्थापना गर्दा नै नेवारी एकता, नेवारी सँस्कृति, नेवारी समुदायबीचको धनी गरिबको खाँडल पुर्ने उद्देश्यका साथ गठन भएको समाजले विगतको तुलनामा काम गर्न नसकेको हो भन्ने आभाष भएको समाजमा संस्थापक सल्लाहकार उद्धव श्रेष्ठले बताए ।

नेवारी समुदायमा मात्र लक्षित भएको यो  समाजले नेवारी समुदायबाट शिक्षामा उत्कृष्ट ल्याउने बालबालिका, समाजमा योगदान पु¥याउने प्रवुद्ध व्यक्तित्व, संघ संस्थालाई सम्मान गर्दै आइरहेको र यही फागुन २१ गते पनि यस्ता वर्ग समुदायलाई सम्मान गरिने समाजका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

समाजले कृष्ण अस्टमीका दिन लाखे नाच निकाल्ने, म्ह पूजाका समयमा सामुहिक पूजाको आयोजना गर्ने, नेवारी समाजमा बजाइने धिमे बाजालाई युवा पुस्तासम्म पु¥याउने लगायतका सह्रानीय काम समेत गर्दै नेवारी जातिलाई जिवन्ता दिँदै आएको छ ।