धरान/  प्यासिफिक कन्सट्रसन प्रालिले ठेक्का पाएको तरहरा धरान सडकको एकतर्फी दुइलेन सडकको कालोपत्रे हुन अव ५ सय मिटर मात्रै बाँकी छ ।

अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ ।

उक्त सडकको एकतर्फी सडक चैत २१ गते साँझबाट खुल्ला हुने भएपछि यातायात व्यवसायी मजदुर तथा आम उपभोक्तहरुलाई केही राहत हुने भएकोछ । 20240403_112642InShot_20240403_150118917

२०८० सालको असारसम्म काम सम्पन्न गर्नेगरी २०७७ सालबाट सुरु भएको सडक निर्माणमा लामो समयदेखि नियमित काम नहुँदा इटहरीबाट धरान हुँदै पहाडी जिल्लाका विभिन्न क्षेत्रमा यात्रा गर्नेहरुले कष्ट भोग्नु परेको थियो ।

विराटनगरको रानी धरान ६ लेनको सडक अन्तरगतको तरहरा ( धरानको करिव १० किमी सडकमा २५ सय मिटर बाँकी थियो ।

एका तर्फको वाँकी रहेको दुई किमी सडक मंगलबार पुरा भएको र बाँकी ५ सय मिटरको कालो पत्र चैतभित्र सम्पन्न हुने कन्स्ट्रक्सनका सिनियर ल्याव टेक्निसियन अनिल देवकोटाले जानकारी दिनु भयो ।

एकातर्फ सडक पिच भए पछि आज साँझदेखि नै सवारी आवत जावत गर्ने उहाँले बताउनु भयो । 

वर्षौदेखि सडक नबन्दा स्थानीय जनप्रतिनिधिहरूले आलोचना खेपिरेका थिए ।

मंगलबार सुनसरी क्षेत्र नं। १(२)का प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत विजय राई,

नेकपा एमाले कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान उपमहानगर सहइञ्चार्ज टिका माङ्ले, जिल्ला सचिवालय सदस्य नारायण सुवेदी,

धरान नगर अध्यक्ष हर्कजंग एभेङ, धरान उपमहानगरपालिका २ नं वडाध्यक्ष रमेश राई, १८ नं. वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाल यातायात व्यवसायी राष्टिय महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठलगायतको टोलीले सडकको अनुगमनसमेत गरेको छ । 

एका तर्फको दुई लेनको कालो पत्रे पुरा भइ सडक खुले पठिूलो राहत भएको मजदुर नेता भीमज्वाला राईले जानकारी दिनु भयो ।

उहाँका अनुसार सडक बन्न ढिलाई हुँदा ८२ वटा दुर्घटनामा १० जनाको ज्यान गएको छ । १४१ जना घाइते भएका छन्  ।

२०८० असारसम्ममा सबै सडक निर्मणा सकिने गरि काम भइरहेको डिभिजन प्रमुख इन्जीनियर राजेन्द्रप्रसाद साहले जानकारी दिनु भयो ।

यो सडक २०७६ सालमा सरकारसँग ठेक्का सम्झौता भएको थियो ।

तस्बिर: बिकास चाम्लिङ राई