इलाम/ इलाम क्षेत्र नम्बर २ मा बैशाक १५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।

१९ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । २० जनाले मनोनयन दर्ता गरेका थिए । स्वतन्त्र उम्मेद्वार केशवकुमार चापागाईँले मनोनयन फिर्ता गरेपछि १९ जनाको नामावली प्रकाशन गरेको हो ।

इलाम – २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको थियो ।

१९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्नसमेत प्रदान गरिएको छ ।

इलाम–२ मा उम्मेदवारी दिनेमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलनकुमार योङ्गहाङ्ग लिम्बू, एकीकृत समाजवादीका जीतबहादुर राई छन् ।

यस्तै राप्रपाकीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ्ग, नेमकिपाका श्याम नेपाली, एमएनओका मणिकुमार लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, नेपाली जनता दलका रेशमबहादुर सुनार पनि छन् ।

यसैगरी स्वतन्त्रतर्फ डकेन्द्रसिं थेगिम, डाकप्रसाद गौतम, मनोज निरौला (प्रदीप) अर्जुनबहादुर शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ, राज बस्यालले समेत मनोनयन दर्ता गराएका छन् ।