धरान/ ईलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेद्वारी दिएका एमालेका सुहाङ नेम्बाङलाई जिताउन धरानमा अभियान सुरु भएको छ ।

नेकपा एमाले धरान नगर कमिटी, नेकपा माओवादी केन्द्र धरान नगर कमिटी र सुनसरी–इलाम सम्पर्क मन्चको सयुक्त आयोजनामा सुहाङलाई जिताउन अभियान शुरु भएको हो ।

अभियानबारे मंगलबार धरानमा आयोजित छलफल एवं पत्रकार भेटघाट कार्यक्रममा कोशी प्रदेश सांसद यशोदा कायस्थले सुहाङलाई जिताउन सबै लाग्नु पर्ने बताइन् ।

एमाले कोशी प्रदेश सदस्य कृष्ण शाहले सुहाङ अन्य उमेद्ववारको तुलनामा योग्य रहेकोले ईलामबासी मतदाताले जिताउने दाबी गरे ।

दिबङगत नेता सुबास नेम्बाङले ईलामको समृद्धिको लागि देखेको अधुरा सपना पुरा गराउन सुहाङको जित अपरिहार्य रहेको उनले बताए ।

एमाले धरान नगर अध्यक्ष हर्कजङ एभेङले एमालेका दिवङगत नेता सुबास नेम्बाङको सम्मानको लागि पनि सुहाङलाई चुनावमा जिताउनु पर्ने बताए ।

उनले सुहाङ जिताउ अभियानमा धरानमा बसोबास गर्ने सम्पूर्ण ईलामेलीहरु लाग्नु पर्ने बताउदै पार्टीको तर्फबाट पनि अभियान सन्चालन गर्ने बताए ।                      

कार्यक्रमा पार्टीका नेता तथा धरानलाई कर्मथलो बनाएका ईलामेलीहरुको सहभागिता रहेको थियो ।

एमाले धरान नगर उपसचिब तथा युवा नेता दिवश राईको संम्योजकत्वमा ५ सदस्य चुनाव प्रचार प्रसार परिचालन सहयोग समिति गठन गरेको र उक्त समिति अहिले ईलामको निर्वाचन क्षेत्रमा परिचालन भइसकेको पनि अध्यक्ष एभेङले जानकारी दिए ।