धरान /धरान १७ स्थित डाँफे टोल मार्ग र चतरामार्गको आज सरसफाई गरिएको छ । 

आफ्नो टोल र गाउँ सधै सुन्दर र सफा राखौं र वातावरण स्वच्छ वनाऔं भन्ने उद्धेश्यले उक्त टोल सरसफाई गरिएको  उदय सामुदायिक वन उपभोक्ता समुहका सचिव एव्म तल्लो फोक्ले्न टोल विकास संस्थाका सल्लाहकार विवेक राईले वताउनु भएको छ ।

उहाँका अनुसार आज स्वयम् सेवक दिवसको अवसर पारेर डाँफे टोल  मार्ग र चतरा मार्गको सरसफाई गरि चौक चौकमा फोहोर संकलनका लागि डस्टवीन पनि राखिएको छ ।

जीवन विकास लघु वित्त संस्था लिमिटेड धरानको सहयोग थी्र जिरो क्लबको आयोजना र तल्लो फोक्लेन टोल विकास संस्थाको समन्वयमा सरसफाई कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथी लघु वित्तका प्रमुख शान्त्ी भण्डारी रहनु भएको थियो भने  अतिथीहरु नेकपा एमाले जिल्ला कमिटी सदस्य दिनेश चाम्लिङ राई,टोल विकास संस्थाका अध्यक्ष अर्जुन विश्वकर्मा ,नव जागरण महिला समुहकी इशु राई ,विवेक राई लगायतको उपस्थिती रहेको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन आयोजक क्लबकी तायामा राईले गर्नु भएको थियो भने अध्यक्षता नवराज राईले गर्नु भएको थियो ।