धरान/ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले धरानको पुरानो एमालेको विरासत फर्काउनु पर्ने वताएका छन् ।

शनिबार नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी रहेका पाण्डेले संवोधन गर्दै धरानमा नेकपा एमालेले चुनाबमा पराजित हुनुको कारण पार्टीले गंभीर रुपमा लिएर पार्टीको विरासत फर्काउनको लागि पार्टी नेतृत्व र कार्यकर्ता आफैं लाग्नुको विकल्प नभएको वताएका हुन् ।

नेता पाण्डेले चुनाब पराजित हुनुको कारण ३ वटा हुन सक्ने कार्यकर्ता माझ प्रस्टाउँदै अरुले गठवन्धन गर्दा, हाम्रो अवस्था खस्किएर अथवा आफैले भोट नदिएर यी ३ कुराको साङगो पाङ्गो समिक्षा गरेर अघि बढुन पर्ने बताए । 

नेतृत्व गुमाउनुको कारणको खोजी गर्ने र अहिले देखि नै जनमुखी र जनताको काम गरेर जनताकै मन जित्नु पर्ने वताए ।’

कार्यक्रममा विशिष्ट अतिथी एमालको केन्द्रिय सदस्य एवम् धरान नगर इन्चार्ज जगदिस कुसियतले मिसन ग्रासरुटको उपलब्धीको समीक्षाबाट मिसन ८४ लक्ष्य पार्टीले एकल बहुमतका साथ विजयी गराउने मूल उद्धेश्य रहेको वताउँदै सोही अनुरुप अहिले देखि नै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन गरेका छन ।

कार्यक्रममा केन्द्रिय सदस्य मन्जु भण्डारीले पार्टीमा जिम्मेवारी लिन होडबाजी हुने गर्ने र जिम्मेवारी पालना गर्ने बेला होडबाजी नहुने कुराले पार्टी चलायमान हुन नसकेको वताइन् ।

विस्तारित बैठकमा कोशी प्रदेश सभा सदस्य तथा एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका विजयकुमार राईले धरानमा एमाले पहिलो सङ्गठन भएर पनि प्रमुख पदमा पराजय भएको विषय समीक्षा गर्नु पर्ने बताए ।

दुई पटक प्रमुख पद गुमाएको बताउँदै उनले मिसन ८४ मा जित सुनिश्चित हुनु पर्ने चाहाना सबैमा रहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा एमाले धरानका उपाध्यक्ष पारस काङ्माङ राईले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक प्रशिक्षण प्रतिवेदन र आगामी कार्ययोजना तथा कार्यभार विषयक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

धरानका आर्थिक विभाग प्रमुख शिवराज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एमाले धरानका उपसचिव योगेशबाबू काफ्लेले स्वागत मन्तव्य राखेका थिए भने सचिव राजेन्द्र राईले संचालन गरेको कार्यक्रममा पाार्टीका केन्द्र,प्रदेश,जिल्ला र नगर स्तरका नेता तथा कार्यकर्ताको सहभागितामा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजङ्ग एभेङले वताएका छन् । 

अग्रज नेतालाई सम्मान 

 उक्त कार्यक्रममा  धरानका अग्रज  एमाले नेताद्धय वंशी मोक्तान र इन्द्र कुमा राईलाई सम्मान  गरिएको छ । 

नेकपा एमालेका पार्टी उपाध्यक्ष एव्म पूर्वमन्त्री सुरेन्द्र पाण्डेले सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पाण्डेले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मानित द्धय नेताले पार्टी र समाजप्रति प्रति गरेको अतुलनीय योगदानलाई कदर गर्दै  एमाले धरानले सम्मान गरेको जनाइएको छ ।

राई नेकपा एमाले सुनसरीको पुर्व जिल्ला कमिटी सदस्य हुन् । उनी हाल शारिरीक असक्त भई उपचाररत रहेका छन भने मोक्तान तत्कालिन जिविस उप सभापति समेत भई पाटीमा नेतृत्वदायी भुमिकामा रहेका थिए । 

पार्टीको जन संगठन निर्माण र परिचालनमा उत्कृष्ट वडा कमिटीहरु  ११ नम्बर वडा कमिटी र १३ नं. वडा कमिटीलाई सम्मान समेत गरिएको छ ।

डेंगु नियन्त्रण अभियानमा सहयोग गर्ने डेंगु रोग नियन्त्रण विशेषज्ञ राहुल राई र देउसी भैलो २०८० मा सक्रिय रुपमा सहयोग गरेवापत अनु लिम्वू र चन्द्रकला राईलाई पनि सम्मान गरिएको थियो ।