धरान/ धरानउपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गरिएको छ । 

शनिबार वडाले औपचारिक कार्यक्रम गरेर बालमैत्री वडा घोषणा गरेको वडाध्यक्ष विवेक राईले वताए ।

उनले धरान १० बालमैत्री वडा घोषणा हुने १६ औँ वडा भएको बताउँदै बालमैत्री वडा घोषणा गर्न ५१ वटा सूचक पुरा गरेको उल्लेख गरेका छन् ।

कार्यक्रममाकोशीप्रदेशसभा सदस्ययशोदा कायस्थले बालमैत्री घोषणा सभाका बिच धरान १० लाई बालमैत्री वडा घोषणा गरे हुन्  ।

प्रदेश सभा सदस्यकायस्थले बालमैत्री वडा घोषणा गर्दै भनिन्,‘बालबालिकाको हित र अधिकार संरक्षण बालहितको पक्षमा परिवारदेखि टोल र समुदाय सबैले मिलेर ठोस धारणा बनाउन जरुरी छ ।’

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले ५१ वटा सूचक पूरा गरेर बालमैत्री घोषण गरेको बताउँदै वडावासीलाई बधाई र शुभकामनाव्यक्तगर्दै आगामीदिनमा समेत वडाले बालअधिकार र बालहितको लागि नमुना रुपी काम गर्दै अघि वढ्नको लागि शुभकामना दिए ।

त्यसैगरि नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेलले बालमैत्री वडा घोषण कार्यक्रममा उपमहानगरपालिका मेयरको हर्क साम्पाङ अनुपस्थित प्रति आक्रोस व्यक्त गरेका छन ।

नगरको जिम्मेवारीमा रहेको अभिभावक नै बालबालिकाको कार्यक्रममा अनुपस्थित हुँदा अभिभावक विहीनझै कार्यक्रम भएको दुखेसो  पोख्रेलले गरेका छन् । 

यसैगरि  धरान १५ उपमहानगरपालिकाका अध्यक्ष नरेश ईवरामले पनिबालमैत्री वडा घोषणा कार्यपालिकाको बैठकबाट अनुमोदन भएर कार्यक्रमको मिति, स्थान तय भएपनीकार्यक्रम उपस्थितख नहुनु मेयरको बालबालिकाप्रतिजिम्मेवारी नवनेको वताए ।

उनले भने,२०५४ सालमा देशभरबाट नमुनाको सहर र २०७४ सालमा धरानउपमहानगरपालिका उत्कृष्ट सहरको पुरस्कार पाएको तर आज आएर नेतृत्व नै कमजोरी भएकाले कारण दिनानु दिन कमजोर वन्दै गएको छ 

२० वटा वडा मध्ये सबैभन्दापहिलो धरान १३ बालमैत्री वडा घोषणा भएको थियो । त्यसैको अनुसरण गर्दै धरानका १६ वटा वडा बालमैत्री घोषणा गरिएको छ ।

वडाध्यक्ष इङवारमले भने ‘धरानमा ४ वटा वडा बालमैत्री घोषण हुनबाँकी छ तर अरू स्थानीयनिकायले सिङ्गो गाउँपालिका, नगरपालिकाले बालमैत्री घोषणा भैसकेको अवस्थामा धरानका वडाहरू नै घोषण नहुनु विडम्बनापूर्ण बनेको छ ।’

वडाले ५० वटा सुचकमा सय प्रतिशत र एउटा सूचक ८० प्रतिशतअङ्कल्याएको वडाध्यक्ष राईको भनाई छ । वडामा ८३७जनाबालबालिकामध्ये ४४० बालक र ३९७बालिका रहका छन् ।

धरानमा बालमैत्री वडा घोषण हुन १ २,३ र ९ बाकी  रहेको जनाइएको छ  ।