झापा/ विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीनमहिनादेखि पारिश्रमिकनपाएको भन्दै श्रम कार्यालय, जिल्लाप्रशासन र नगरपालिकागुहारेका छन् ।

गिरीबन्धु टी–स्टेटको चियाबगान र उद्योगमाहाल एक सय ७० मजदुर स्थायीरुपमाकार्यरत छन् ।बिर्तामोड–६ र अर्जुनधारा–११ मागिरीबन्धु टी–स्टेटको चियाबगान र कारखाना छ ।

मजदूरहरुले पारिश्रमिकउपलब्ध गराई दिन गरेको आग्रहलाई बगानसञ्चालकले बेवास्ता गरेपछि श्रम कार्यालय, विर्तामोड नगरपालिका र जिल्लाप्रशासनकार्यालय झापालाई उनीहरुले गुहारेका हुन् ।

मजदुरहरुले सोमबार बिर्तामोड नगरपालिकाकीनगर प्रमुखपवित्रामहतारा प्रसाई र उपप्रमुखनगेन्द्रप्रसाद सङ्ग्रौलालाई ज्ञापन पत्रबुझाउँदै पारिश्रमिकउपलब्ध गराउनपहलगरिदिनमाग गरेका छन् ।

नेपाल कृषितथाबगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीयउपाध्यक्ष सईकुमार राईले २०८० फागुनदेखि चियामजदुरले पारिश्रमिकनपाएको बताए ।

‘महिनौंदेखि पारिश्रमिकनपाउँदामजदूरहरुको बिचल्लीभएको छ’, उनले भने, ‘व्यवसायीहरुले खाद्यान्न समेत उधारो दिन छाडेका छन् ।

’कार्यरत मजदूरहरु बगानको कच्चीआवासगृहमा बस्दै आएका छन् । अतिरिक्तआयस्रोत नभएका कारण मजदूरहरु भोकमरीमा परेको विषयलाई सरकारले गम्भीर रुपमालिन पर्ने मजदूर अगुवा नारायण दर्जीको धारणा छ । व्यवस्थापनले यसअघि पाक्षिक रुपमामजदूरको पारिश्रमिकदिँदै आएको थियो । भुक्तानी रोकिएपनिमजदूरहरु नियमितकामकाजमा खटिइरहेको उनले जानकारी दिए ।

पारिश्रमिकमाग्नजाँदाव्यवस्थापनपक्षले वेवास्तागर्दै आएको उनको गुनासो छ ।

‘पारिश्रमिकमाग्नजाँदाबगान घाटामा छ भनेर व्यवस्थापनपक्षले हामीलाई रित्तै हातफर्काउने गरेको छ’, नेपाल कृषितथाबगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीयउपाध्यक्ष राई भन्छन्, ‘उहाँहरु पैसा छैन, ताला लगाइदिन्छु, सरकारलाई बगानजिम्मा लगाउँछु भनेर त्रास देखाउनु हुन्छ ।

’मजदूरहरुले जिल्लाप्रशासनकार्यालय झापा र श्रम कार्यालय भद्रपुरमापारिश्रमिकदिलाउनपहलगरिदिन ज्ञापन पत्रबुझाइसकेका छन् ।

पाश्रिमिकनपाएआन्दोलनमाउत्रिनबाध्यहुने मजदूरहरुले बुझाएको ज्ञापन पत्रमाउल्लेख छ । गिरीबन्धु टि–स्टेटका व्यवस्थापक सन्तकुमार राईले आर्थिक सङ्कटका कारण मजदूरहरुलाई पारिश्रमिकभुक्तानी गर्न नसकेको बताए ।

बगान निरन्तर घाटामा गइरहेको र निकास पनि केहीननिस्किएको उनको भनाइ छ ।

श्रम कार्यालय भद्रपुरका प्रमुख सुलभ श्रेष्ठले पारिश्रमिकनपाएको गुनासो लिएर मजदूरहरु कार्यालयमा आएपछि गिरीबन्धु टी–स्टेट प्रालिलाई पत्राचार गरिएको बताए ।

‘मजदूरहरु आउनु भएको थियो’, उनले भने, ‘पारिश्रमिकदिनु भनेर हामीले व्यवस्थापनपक्षलाई लिखितआग्रहगरिसकेका छौं ।’ रासस