धरान/ नेकपा एमाले सुनसरीको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा निलम खनालको प्यानलै विजयी भएको छ।

वुधबार सम्पन्न भएको निर्वाचनको मत परिणामबाट खनाल सहितको प्यालन विजयी भएको हो । 

 खनालले तीन सय ८७ मत ल्याएर निर्वाचित भए।खनाल र खेमराज पोख्रेलवीच प्रतिष्पर्धा भएको थियो । पोखरेलले दुई सय ८७ मत प्राप्त गरे ।

खनाल र पोख्रेलवीच एक सय मत अन्तर रहेको छ ।

उपाध्यक्षमा परशुराम यादवले तीन सय ३२ मत ल्याएर विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नन्द बस्नेतलाई तीन मतको झिनो अन्तरले पराजित गरेका छन् ।

यादवले तीन सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए ।

सचिवमा राम कोइराला विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी पदम लिम्बूलाई एक सय १७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

कोइरालाले तीन सय ८७ मत प्राप्त गर्दा लिम्बुले दुई सय ७० मत प्राप्त गरे ।

यसै गरी उपसचिव महिलातर्फ इन्द्रकला राई निर्वाचित भएकी छन् । उनले कमला मगरलाई दुई सय ४७ मतले पछि पार्दै निर्वाचित भएकी हुन् ।

राईले चार सय ३८ मत ल्याउँदा मगरले एक सय ९१ मत प्राप्त गरिन् । यसै गरी उपसचिवमा देवानन्द मेहतालाई एक सय ८८ मतले पछि पार्दे यामकुमार सुब्बा निर्वाचित भए ।

सुब्बाले तीन सय ८५ मत प्राप्त गर्दा मेहताले १ सय ९७ मत प्राप्त गरे ।

सदस्यहरुको अन्तिम परिणाम भने आज सम्म आउने निर्वाचन आयोगले जनाएको छ ।